Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पत्रकार निश्वार्थ समाजसेवी तिनजिरे मिडियाका प्रबन्धक सम्पादक देव बास्कोटा द्वारा जिल्ला खेलकुद बिकाश समिति तेह्रथुमलाइ २४ थान जर्शी सहयोग

   
323   पटक पढिएको

 तेलअभिव। बैदेसिक रोजगारको सिलसिलमा इजरायलमा कार्यरत तेह्रथुम जिल्ला फेदाप २ ओयाक्जुङका समाजसेवी देव बास्कोटा द्वारा जिल्ला खेलकुद बिकाश समिति तेह्रथुमलाइ २४ थान जर्शी सहयोग गरेका छन् ।

वास्कोटाले जिल्ला भलिवल संघ तेह्रथुमका पुरूस तथा महिला खेलाडीको दुवै टिमलाई २४ सेट जर्सी जिल्ला खेलकुद बिकाश समिति तेह्रथुमका अध्यक्ष केशब भट्टराईले एक कार्यक्रम गरि सार्बजनिक गरेका हुन । आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका बास्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए ।

सोही प्रतिबद्धता अनुरुप सहयोगी, मिलनसार तथा मिहिनेती स्वभावका बास्कोटाले आफ्नो दस वर्षे प्रवासी जीवनमा ६० लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग साथै करोडौको संयोजन गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ! प्रवासमा रहेर आपूले कमाई बचाएर नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिदै आएका छन् ।

गीतसंगीत, पत्रकारिता र समाजसेवामा रुचि भएका बास्कोटाले प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि आफ्नो कमाई खर्चिएका हुन् त्यस्तै दुवै जेलमा फिलिपिनी नागरिकको हत्या आरोपमा जेल जीबन बिताई रहेका तेह्रथुम फेदाप २ ओयाक्जुंगका खड्ग जोगीलाइ नेपाल फर्काउन समेत बास्कोटा ले नै मुख्य सम्योजकको भूमिका खेली इजरायल देखि नेपाल आइ सम्पुर्ण प्रक्रिया मिलाई बिभिन्न नेपाली समुदाय देश बिदेशका नेपाली बिच एकता गरि ब्लड मनि स्वरूपको ६१ लाख जुटाई नेपाल फर्काउन मुख्य भूमिका खेलेका थिए ।

सामाजिक कार्यमा समर्पित तीनजुरे मीडिया ग्रुपका अध्यक्ष समेत रहेका बास्कोटाले फेदाप २ ओयाक्जुङ्गमा मात्र २ सरस्वति मन्दिर १ स्टेज निर्माण गरि सकेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया