Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग पराजित हुँदै नेपाल रजत पदकमा सिमित

   
568   पटक पढिएको

काठमाडौं।  नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सिमित भएको छ ।

पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको नेपाले दोस्रो सेटमा २५-२३ ले जित निकालेको थियो । तेस्रो सेट नेपालले २५-२१ ले जितेपछि उपाधि नजिक पुगेको नेपालले निकै प्रतिस्पर्धात्मक चौथो सेट २५-२० ले गुमायो ।

पाँचौ सेट भारतले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्यो । यद्यपि नेपाली भलिबलको इतिहासमा यो पहिलो साग रजत पदक हो । खेलको पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो । भारतले सुरुवाती समय १३–८ को अग्रता लिएको थियो । निरन्तर अग्रता कायम गर्दै भारतले पहिलो सेटमा सोझो जित हात पारेको थियो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ ।

महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई कुनैपनि सेटमा हराएको हो । दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो । नेपालले ४-१ को अग्रता कायम गरेको थियो । भारतले पुनरागमन गर्दै ८-८ को बराबरीमा फर्कार्यो । भारतले लगातर दुइ अंक जोड्दै १०-८ को अग्रता कायम गर्न सफल भयो ।

नेपाली स्पाइकरले उत्कृष्ट ब्लक गरेपछि नेपालले खेलमा पुन अग्रता कायम गर्दै १३-१२ को अवस्थामा पुर्याएका थिए । कडा प्रतिस्पर्धा बनेको खेल भारतीय स्पाइकरले पुन उत्कृष्ट ब्लक गरेपछि नेपाल १६-१५ ले पछि परेको थियो । भारतीय खेलाडीको तालमेल नमिल्दा खेल १६-१६ को अवस्थामा पुगेको थियो । प्रतिभा मालीको चलाखीपूर्ण प्रर्दशनले नेपालले १९-१७ को अग्रता कायम गर्दै जितको आशा बढाएकी थिइन् ।

सफिया पुनको सर्भिस नेटमा लागेर कटेपछि अग्रता बढाएको थियो । नेपालले २१-१८ को अग्रता कायम गर्यो । प्रतिभा मालीको उत्कृष्ट सट भारतीय खेलाडीले उठाउन नसक्दा नेपाल जित तर्फ अघि बढ्दै २२-१८ को अग्रता कायम गरेको थियो । नेपालको जितमा प्रतिभा मालीको जित उत्कृष्ट रह्यो । नेपालले तेस्रो सेटमा पनि सुरुवात देखीनै प्रतिस्पर्धा सहित अग्रता कायम गर्दै भारतलाई दबाबमा राख्यो ।

तेस्रो सेटमा १३–१३ को अवस्थामा पुगेको थियो । प्रतिभाको उत्कृष्ट सर्भिस भारतीय खेलाडीले उठाउन नसक्दा नेपालले १५-१४ को अग्रता कायम गरेको थियो । सरस्वती चौधरीले भारतीय स्पाइकरको सट ब्लक गर्दै २०–१७ को अग्रता दिलाएकी थिइन् । सफिया पुनको उत्कृष्ट सटमा नेपालले ४ अंकको अग्रता कायम गरेको थियो । प्रतिभाको उत्कृष्ट सटमा नेपालले ५ अंकको अग्रता कायम गर्दै जित नजिक पुगेको थियो ।

नेपालले तेस्रो सेट २५-२१ ले जितेको हो । चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । चौथो सेटमा निकै प्रतिस्पर्धा चलेपनि दुवै टोलीबीच निकै कम अन्तरको फरक रहेको थियो । अधिकांश समय बराबरीमा चलेको खेलमा भारत १८-१६ ले अगाडी समेत रहेको थियो । नेपालले पुनरागमन गर्ने प्रयास गरेपनि भारतले लगातार अंक जोड्दै चौथो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

पाँचौ सेटमा भारतले सुरुवातमा नै ३-० को अग्रता लिँदै नेपाललाई दवावमा राखेको थियो । नेपालले पुनरागमन प्रयास गर्दै ५-१ को अवस्थामा टाइम आउट लिएको थियो । पाँचौ सेटको मध्यान्तरमा नेपाल ८-२ ले पछाडी रहेको थियो । नेपालले पुनरागमन प्रयास गरेपनि सर्भीस बिग्रंद स्कोर १०-५ हुन पुग्यो ।

त्यसपछि भारतले लगातार अंक जित्दै पाँचौ सेटमा १५-६ को जित दर्ता गर्यो । यसअघि नेपाली महिला भलिबल टोलीले तीन पटक कास्यँ जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।श्रोत हाम्रो खेलकुद 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया