Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको एउटै गाउँ (सिम्ले)मा मात्र २ करोड को सुन्तला उत्पादन

   
1777   पटक पढिएको

माधव पौडेल,सन्धिखर्क ।
पुस ८ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको पूर्वी पाणिनी गाउँपालिका वडा नं १ पणेना सिम्ले का सुन्तला कृषकहरुक यतिखेर सुन्तला बिक्रीमा व्यस्त भएका छन् ।

जिल्लाकै सुन्तला पकेट क्षेत्र भनेर चिनिने एउटा सानो गाउँ का मानिसहरूको मुख्य पेशा तथा आयआर्जन को स्रोत भनेकै सुन्तला खेती बनेको छ । अहिले पोहोर सालको तुलनामा गाउमा सुन्तला अलि कम भएता पनि पोहोरभन्दा मूल्य बढी भएकाले थोरै सुन्तलाको पनि धेरै मूल्य पर्ने कृषक बताउँछन् ।

कृषक टीकाराम पौडेलले अहिले आफूले सुन्तला १३० क्विन्टल बेच्ने जसबाट हुने रकम ९ लाख हुने बताउँछन् । उनले आफ्नो पेशासँग सन्तुष्ट रहेको पनि बताए । त्यस्तै गाउँका अर्का किसान मोहन पौडेल ले पनि अहिले ७-८ लाख को सुन्तला बेच्ने बताए । यस गाउँका धेरै जसो कृषकले १ लाख देखि १२ लाखसम्म को सुन्तला बिक्री गर्ने गर्दछन् । आर्थिक हिसाबले पनि यस गाउँ सम्पन्नशाली देखिन्छन् ।

अबको ५-७ वर्ष पछि यसै गाउँमा मात्र ५-६ करोड को सुन्तला उत्पादन हुने कृषक बताउँछन् । पछिल्लो समयमा विदेश पलायन भइरहेका युवाहरुले आफ्नो गाउँठाउँमा जुन खेती उपयुक्त छ त्यही खेती लाई ठुलो रुपमा विस्तार गरी व्यवसायिक कृषि गरी मनग्य आम्दानी लिने कि ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया