Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

म अनुशासनहीन विद्यार्थी: अरिशा खातुन

   
556   पटक पढिएको

अरिशा खातुन। फफुरी इङलिस बोर्डिङ –

म त अनुशासनहीन विद्यार्थी हुँ नि।तपाईंले सोच्नु भएको होला एउटा असल विद्यार्थी भएपछि कसरी कसरी अनुशासनहीन हुन सक्छ ?तपाईंलाई अचम्म लाग्न सक्छ तर यो कुरा पुष्टि मसँग अधिक प्रमाणहरु छन् ।

जुन मैले तपाई सामु छर्लंग उतार्ने कोसिस गर्दैछु। हेर्नुस् सबैलाई थाहा छ कि विद्यार्थी र अनुशासनको एकदमै प्रगाढ सम्बन्ध हुन्छ ,विद्यार्थी अनुशासन विना अधुरो हुन्छ ,लगाम विनाको घोडा जस्तै हुन्छ ।त्यसैले मलाई लाग्यो अनुशासनको पनि विद्यार्थी विना कुनै अर्थ छैन ।

अब तपाईंको मनमा विभिन्न प्रश्नचिह्न खडा भएका छन होला।तपाईंले सोच्नु भएको होला यदि विद्यार्थी र अनुशासन एकअर्कासित यति नजिक छन् ,अनि कसरी विद्यार्थी अनुशासनहीन हुन्छ होला ? अब अाफै सोच्नुहोस कसरी म पनि अनुशासनहीन विद्यार्थी बनेँ? म कस्तो खालको विद्यार्थी हुँ?

तपाईंले अझै थाहा पाउनु भएन होला? वास्तवमा जब बालबालिका विद्यालयमा पढ्न ,लेख्न र नयाँ कुरा सिक्न अाउछन् तब उनीहरू एउटा नामले मात्रै चिनिने गर्छन् ,त्यो नाम विद्यार्थी हो ।विद्यार्थीहरु विद्यालयमा अनुशासनमा बस्नुपर्छ । अनुशासन भन्नाले नियम र कानुन हो जुन विद्यार्थीका लागि बनाइएको हुन्छ ।

जसमा विद्यार्थीले एउटा निश्चित सीमा भित्र रहेर सीमित काम गर्न मात्रै पाइन्छ ।अनुशासनलाई हेरेर विद्यार्थीको चरित्रलाई चित्रण गरिन्छ ।अनुशाशीत विद्यार्थीले कहिल्यै पनि कसैलाई तिरस्कार गर्दैन। कसैसँग कहिल्यै झुटो बोल्दैन।सतगुणी र सतविचारी हुन्छ।सधैं आफुभन्दा ठूलालाई सम्मान र सानालाई माया गर्छ। कहिल्यै कसैको धन सम्पत्ति चोर्दैन तर म एउटा अनुशासनहीन विद्यार्थी भएकाले अरुको धन सम्पत्ति कमाउन प्रयोग गर्ने ज्ञान, बुद्धि र विवेक चोर्छु।शिक्षक शिक्षिकासँग भएको ज्ञान अरुको धन सम्पत्ति त हो नि।

उहाँहरूको दिमागमा जे कुरा हुन्छ त्यो मलाई भन्नू हुन्छ म त्यो ज्ञान सुटुक्क चोरेर जस्ताकोतस्तै अाफ्नो खोक्रो दिमागमा भर्ने त गर्छु । यदि म चलाख बनेर ती ज्ञानका भण्डार चोरिन भने त मेरो दिमाग खाली बाकस जस्तै हुन्छ ,खाली सेतो कापीको पाना जस्तै हुन्छ ।

म अनुशासनहीन विद्यार्थी , शिक्षकले हामीलाई गृहकार्य गर्न दिनुहुन्छ ,वास्तवमा गृहकार्य भनेको त घरमा गर्ने काम हो तर म अनुशासनहीन विद्यार्थी कहिलेकाही म समय पुगेन भने विद्यालयमै शिक्षकको अाँखा छलेर समयमै उहाँको घन्टीमा(पिरियडमा)देखाएर कापी जाँच गराउँछु र मख्ख पार्छु।

घरमा गर्ने कार्यलाई विद्यालयमै गरेर देखाउँछु अनि म कसरी अनुशासीत बन्न सक्छु।अाखिर त्यो पनि त शिक्षकलाई ठगेकै त हो नि ।उहाँ सँग झुट बोलेकै त हो नि।यति मात्रै हो र परीक्षामा यताउता नहेरीकन अाफ्नो पेपर र कापीमा मात्रै हेरेर जे अाउछ त्यो लेख है भन्नुहुन्छ ।कसैसँग उत्तर सोध्ने ,दायाँबायाँ गर्ने प्रयास नगर राम्रोसँग समयको ख्याल गरि लेख भन्नुहुन्छ तर म अनुशासनहीन मैले जानेका सबै लेख्छु र नजानेका प्रश्नको उत्तर शिक्षकको अाँखा छलेर साङ्केतिक रुपमा खुसुक्क साथीसँग सोधिहाल्छु।मलाई लाग्छ शिक्षकले थाहै पाउनु भएन साच्चै शिक्षकका चारैतिर अाँखा हुन्छन् ।

परीक्षामा सँगसँगै बसेका भाइबहिनीहरुलाई उत्तर नबताउनु भन्नुहुन्छ तर म अनुशासनहीन जानेको कुरा त मौका पाउनासाथ बताइदिन्छु। वास्तवमा म यसरी शिक्षकले भनेका कुराहरू त कदापि मान्दैन अनि म कसरी अनुशासनहीन विद्यार्थी अनुशासित बनुँ त?अनुशासनमा हामी तब मात्र बस्न सकिन्छ जब हामीले शिक्षकले भनेको हरेक कुरा मान्छौँ।

हामीहरुमा कुनै दोष हुदैँन।हरेक कुराको पालना गरेका हुन्र्छौँ।मैले गर्ने काम मलाई नचाहिने होइन मैले नचाहेको मात्र हो। मेरा गुरुले मलाई कहिल्यै नराम्रो बनोस् भनेर भन्नुभएको हुँदैन।मलाई शिक्षकले भनेका ती सबै कार्यहरु अावश्यक नै हुन्छन् ।हामी समय अनुसार , सन्दर्भ अनुसार काम गर्नुपर्छ।समय सधैं अाफ्नो हातमा हुन्छ र इज्जत पनि अाफ्नै हातमा ।

अाफ्नो जीवनलाई सार्थक बनाउन अाफ्नो शिक्षक(गुरु),अामा र बुबाले भनेको मान्नुपर्छ ।म मेरो शिक्षक,अामा र बुबाप्रति कृतज्ञ छु ।उहाँहरूले म माथि पुराएको योगदानको ऋण चाहेर पनि भनेजति पूरा गर्न पक्कै असमर्थ हुन्छु तर म हजुरहरुको शिर उच्च बनाउन सक्दो प्रयास गरि भविष्यमा देश निर्माणको खम्बाको रुपमा लाग्ने अठोट राखेकी छु।

अब तपाईं नै निर्णय गर्नुहोस कि म कस्तो खालको विद्यार्थी हुँ? मैले अाफ्नो बारेमा बताए जति कुराहरू मेरो कलिलो दिमागबाट स्मरण गरेर लेखेँ हजुरले नै मेरो चरित्र चित्रण गर्नुहोस् ।

फफुरी इङलिस बोर्डिङ शिवराज ५ चन्द्रौटा कपिलवस्तु

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया