Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल टेलिकमले छैठौं चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवमा १ हजार फोर जी फ्रि सिम वितरण गर्ने

   
382   पटक पढिएको

नवराज पौडेल,कपिलवस्तु ।
पौष ११,गते शुक्रबार-   नेपाल टेलिकम दुर संचार कार्यालय चन्द्रौटाले छैठौं चन्द्रौटा महोत्सवमा १००० फोर जी फ्रि सिम वितरण गर्ने भएको छ ।

यही पौष १४ गते देखि शुरु हुन लागी रहेको छैठौं चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७६ मा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई फ्रि फोर जी सिम वितरण गरिने भएको दु.सं.का चन्द्रौटा कार्यालय प्रमुख सन्तोष कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

महोत्सव अवलोकन गर्न आउने दर्शक एवं नेपाल टेलिकमका गा्रहकहरु को सेवा सुविधाको मध्यनजर गर्दै अस्थाई मोबाईल टावरको समेत व्यवस्था गरिने भएको छ । १४ गते देखि २६ गते सम्म १० दिन नै सिम वितरण गरिने भएकाले सिम प्राप्त गर्न चाहानु हुने ग्राहकले आफ्नो पासर्पोट साईजको एउटा फोटो र नागरिकता प्रतिलिपि एक थान लिइएर आउन पर्ने छ ।

विद्यार्थीहरुको लागी आफु अध्यनरत विद्यायको परिचय पत्रको प्रतिलिपी १ थान, फोटो, आफ्नो १ थान नागरिकता को प्रतिलिपि, वा आफ्नो नागरिकता नभएमा आफ्ना अभिभावकको नागरिकताको प्रतिलिपी १ थान लिइएर आउन समेत नेपाल टेलिकम चन्द्रौटाले ग्राहक महानु भावलाई अनुरोध गरेको छ । नेपालमा पहिलोपटक फोरजी सेवा संचालमा ल्याएको नेपाल टेलिकमले सेवा विस्तारलाई तिव्रता दिएको छ ।

पहिलो पटक फोरजी संचालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारलाई तिव्रता दिएको हो । गत बर्षको माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई एग्रेशिभ बनाउँदै ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी सेवा पुर्याएको छ । गत बर्षको माघ अघि ६ लाख फोरजीका ग्राहकसहित काठमाडौं र पोखरामा मात्रै सिमित भएको टेलिकमको फोरजी विस्तार हुँदा हाल यसका प्रयोगकर्ता २८ लाख पुगेका छन ।

पछिल्लो समय टेलिकमले चलाएको विभिन्न अभियानले पनि फोरजी प्रयोगकर्ता बढेका छन । कम्पनीले आफ्ना फोरजी ग्राहकको संख्या बढाउन नयाँ सिम लिनेलाई फोरजी सब्सक्राईब गरिदिने, नयाँ तर फोरजी सेवा सब्स्क्राईब नभएको सिममा फोरजी सब्स्क्राईब गर्ने र पुराना सिमलाई नयाँ सिममार्फत निशुल्क प्रतिश्थापन गर्ने अभियान चलाएको छ ।

टेलिकमका ग्राहकले पुरानो सिममा फोरजी चलाउन चाहेमा निःशुल्क नयाँ सिम दिने अभियान समेत टेलिकमले थालेको छ । कपिलवस्तुको तौलिहवा,चार नम्वर,कृष्ननगर लगाएतका ठांउमा फोरजी सेवा विस्तार भइ सकेको र चन्द्रौटामा पनि सेवा विस्तारको काम तिव्र रुपमा भइरहेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया