Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शिक्षाकाे समाज विकासमा निर्णायात्मक भूमिका हुन्छ: जिसी

   
727   पटक पढिएको

 टेकराज भुसाल (टेकु), बुटवल।  गाैमुखी माध्यमिक विध्यालय गाैमुखी गा• पा ५ ठूलावेसीकाे २९अाैं बार्षिक उत्सव तथा अभिभावक दिवस २०७६लाई सम्बाेधन गर्दै प्रदेश पाँचका सांसद तारा जिसीले शिक्षाकाे समाज विकासमा निर्णायात्मक भूमिका हुने र शिक्षामा सबैकाे पहुँचले नै वास्तविक स्वतन्त्रता र अधिकार उपयोगकाे लागि सामर्थ्य बनाउनु का साथै समाजमा फैलिएका कु-सस्कार,कुरिती,अन्धविश्वास जस्ता असमाजिक मुल्य र मान्यता अन्त गर्न शिक्षाको निर्णायात्मक भूमिका हुने बताउनु भएकाे छ।

कानुनमा शिक्षाकाे बारेमा धेरै कुराहरू उल्लेख गरेपनि ब्यावहारिक,प्राविधिक र बैज्ञानिक शिक्षाको समस्या नेपालकाे मुल समस्या भएको अाैल्याउदै शिक्षाकाे बर्तमान अवस्थालाई गुणस्तरीय बनाउनुपर्ने अावश्यकतामा जाेड दिनुभयाे। देशमा साम्राज्यवादीहरूकाे चलखेलले राष्ट्रियता,अखण्डता र सार्वभौमिकता माथि भैरहेको हमला प्रती पनि अाम जनसमुदायलाई सचेत,संगठीत र अान्दोलनमा अगाडि बढ्नुपर्ने सांसद जिसीले बताउनु भयाे।

कार्यक्रममा गाैमुखी गापा अध्यक्ष बिष्णु कुमार गिरी,समाजसेवी ज्ञामुराम न्याैपाने,पूर्व प्र०अ०भेषमान गिरी लगायतकाे उपस्थित रहेकाे थियाे। कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीकाे अध्यक्षता शिक्षक लाेकन्द्र जिसीकाे संचालन र स्वागत राम बहादुर भण्डारीले गर्नु भएको थिथाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया