Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अष्ट्रेलिया बाट फर्केर १५ जना युवाहरु लाई रोजगारी दिएर ब्यबसाय मा स्थापित हुदै सफल युवा ब्यबसायि : लक्ष्मण केसि

   
642   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क ।
माघ ७ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका खाँचीकोट गच्छेबजार स्थायी घर भएका लक्ष्मण के.सी अहिले अर्घाखाँचीका कुसल तथा युवा ब्यबसायी को सुचिमा चर्चित छन ।

अष्ट्रेलिया १२ बर्ष अध्यान गरि बसेर पिआर भिसा प्राप्त गरेका लक्ष्मणले बिदेसमा होइन स्वदेशमा नै केही गर्नु पर्छ भन्ने मनसायका साथ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क चुत्राबेसीमा सुजुकी स्वरुम सन्चालनमा ल्याई धेरै युवाहरु लाई रोजगारी दिन सफल भएका छन ।

अर्घाखाँची जिल्ला को आधिकारिक सुजुकी स्वरुम लिएका लक्ष्मण केसी बिदेसबाट फर्केर नेपालमा अाफुले १५ जना कामदारहरुलाई रोजगारी दिऐर ब्यबसाय सन्चालन गर्न पाउदा हर्षित छन । केसिले अहिले मासिक ३ लाख रुपैया कर्मचारीहरुलाई तलब बुझाउछन भने अष्ट्रेलिया बस्दा उनि मासिक ४ लाख रुपैयाँ अाम्दानि गर्ने गर्दथे ।

सुजुकी स्वरुमबाट अहिले ट्याक्सी अल्टो साना कार जिप भ्यान लगायतका सुजुकी कम्पनीका सबै गाडिहरु नया बिक्री वितरण तथा पुरानो लाई मर्मत गर्ने गरेको र यो ब्यबसाय बाट अाफु सन्तुष्ट रहेको केसि बताउनु हुन्छ भने स्वरुममा गाडीहरु मर्मत सम्भार वासिङ गर्ने काम मा कामदार हरु ब्यस्त देखिन्छन । केसी युवा अबस्थामै आधिकारिक डिलर ल्याएर ३ रोपनी जग्गामा गाडीको लागि आबश्यक पर्ने टस्ट निर्माण गरेर गाडी स्वरुम बनाएका छन ।

ढोरपाटन सडक अन्तरगत पर्ने ज्योति पेट्रोल पम्प नजिक सुबिधा सम्पन्न स्वरुम स्थापना गरिएको छ । खाँचीकोटमा जन्मिएका केसी सरल स्वभावका मिहिनेती युवा सामाजिक अभियान्ता हुन उनको कम्पनीमा आएको ग्राहक फेरि अर्कोमा नजाने गरि सर्बसुलभ मुल्यमा काम आफुले गुणस्तरीय गर्ने गरेको केसीको दावी छ ।

बिदेसमा भन्दा स्वदेशमा गर्नु पर्छ भन्ने उदेश्यले मासिक ४/५ लाखको आम्दानी माया मारेर अहिले झन्डै २ करोड लगानी गरि गाडी स्वरुम रिप्यरिङ सेन्टर सन्चालन गरेको केसीको भनाई छ केसि ब्यापरि मात्रै नभई उनि शिखर ईन्सुरेन्स कम्पनि को अर्घाखाँची शाखा प्रबन्धक को रुपमा कार्यरत छन अष्ट्रेलिया बाट डिग्री पास गरेका केसि अर्घाखाँची का सफल युवा ब्यबसाहिको सुचिमा पर्छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया