Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कालिका मानवज्ञान मा•बि बुटवलद्वारा शिक्षक तथा बिद्यार्थीलाइ सम्मान

   
945   पटक पढिएको

टेकराज भुसाल,बुटवल।
माघ ९ ,अर्घाखाँचीबुलेटिन -  २०१८ सालमा बुटवलमा स्थापना भएकाे कालिका मानवज्ञान माध्यमिक बिद्यालय पछिल्लो समय निकै उदाहरणीय बन्दै गएकाे छ। 

 राष्ट्रिय स्तरमा ध्वजा तथा अन्तर्राष्ट्रिय स्कुल अवार्ड (2016-2019) प्राप्त गर्न सफल बिद्यालयले विद्यालयको एकल प्रयासमा बुटवलमा पहिलो पटक पुस ०२ गते दखि ०७ गतेसम्म अन्तर मावि कालिका रनिङ शिल्ड प्रतियोगिता तथा आफ्नाे ५९ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७६ आयाेजना गरेकाे थियाे।

साेहि कार्यक्रम सम्पन्न गर्नका निम्ति स्वयंसेवकका रुपबाट बिद्यालयलाई सहयाेग गरेकाे भन्दै बिद्यालय शिक्षक झलक पाैडेल, अाेमकार पाैडेल, बिनाेद भुसाल, रविन्द्र पाेख्रेल सहित १७१ जना बिद्यार्थीहरुलाई बिद्यालयले बिहिवार एक कार्यक्रमकाे आयाेजना गर्दै सम्मान गरेकाे हाे।

 कार्यक्रममा बाेल्दै बिद्यालयका प्राचार्य घनश्याम पाठकले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने र बिद्यार्थीहरु भविष्यका खेलाडी, नेता, डाक्टर, इन्जिनियर अादि हुने हुदा बिद्यार्थीहरु लाई किताबी ज्ञान मात्र नभई अन्य क्रियाकलापहरुमा पनि सहभागी हुनु पर्ने बताउनु भएकाे थियाे।

 त्यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाेम बहादुर गलामिले सम्मान हुने शिक्षक तथा बिद्यार्थीहरु लाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभएकाे थियाे।

कार्यक्रम खेल शिक्षक हरिस वलिकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे। उक्त बिद्यालयमा बिद्यार्थीहरुकाे संख्या ६५०० भन्दा बढि रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया