Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मणिमुकुन्द कलेजमा खेलकुद सप्ताह शुभारम्भ

   
596   पटक पढिएको

चित्र बहादुर बुढाथोकी,बुटवल ।
माघ १३ ,अर्घाखाँचीबुलेटिन -  बुटवल ११ योगिकुटीमा अवस्थित मणिमुकुन्द कलेजमा खेलकुदका बिभिन्न विद्यामा बिद्यार्थीहरुको अभिरुची जगाई शारिरिक तथा मानसिक बृद्धि र बिकासको लागि आयोजित खेलकुद सप्ताह कार्यक्रम भव्यताकासाथ उद्घाटन भयो ।

प्राचार्य श्री टुक बहादुर क्षेत्रीले रिबन काटेर खेलकुद सप्ताहको उद्घाटन गर्नु भएको छ ।

एन्फा एकेडीमीको रंगशालामा आज भएका खेलमध्ये हाइ जम्प तर्फ प्रथम आदित्य यादव, द्वितीय इश्वर थापा र तृतीय मनोज थापा र राजन भुसाल , महिला तर्फ प्रथम शुष्मा क्षेत्री, द्वितिय मिनाक्षी भण्डारी र तृतीय अस्मिता श्रेष्ठ, लंग जम्प तर्फ प्रथम इश्वर थापा, द्वितीय दर्शन थापा र तृतीय मनोज थापा, महिला तर्फ प्रथम एरीना थापा, द्वितीय रञ्जना थापा र तृतिय शुष्मा क्षेत्री, १ सय मिटर दौड तर्फ प्रथम ईश्वर थापा द्वितिय दर्शन थापा र तृतीय सन्दिप नेपाली, महिला तर्फ प्रथम सीरीना क्षेत्री, द्वितीय सन्सीला गौतम र तृतीय अस्मिता श्रेष्ठ, पुरष सट पुट तर्फ प्रथम सदिस ज्ञवाली, द्वितीय मनोज थापा र तृतीय समिर थापा, महिला तर्फ प्रथम रञ्जना थापा, द्वितीय सीरीना क्षेत्री र तृतीय अस्मिता श्रेष्ठ, र क्रस कन्ट्री रेस तर्फ प्रथम सन्दिप नेपाली, द्वितीय मनोज थापा र तृतीय दर्शन थापा, हुन सफल भएका छन ।

भोली १४ गते बिहान ७ बजे देखि बास्केट बल ,चेस त् टि.टि फाइनल हुने कुरा सह प्राचार्य दिवाकर खनालले जानकारी गराउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया