Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मणिमुकुन्द कलेजमा खेल सप्ताह जारी

   
427   पटक पढिएको

टेकराज भुसाल /चित्र बुढाथोकी

बुटवल।
माघ १४ ,अर्घाखाँचीबुलेटिन - बुटवल ११ योगिकुटीमा अवस्थित मणिमुकुन्द कलेजमा खेलकुदका बिभिन्न विद्यामा बिद्यार्थीहरुको अभिरुची जगाई शारिरिक तथा मानसिक बृद्धि र बिकासको लागि आयोजित खेलकुद सप्ताह कार्यक्रम जारी रहेकाे छ।

खेल सप्ताहकाे माघ १३ बिद्यालयका प्राचार्य श्री टुक बहादुर क्षेत्रीले उद्घाटन गर्नु भएको थियाे

 आज दाेस्राे दिन पनि खेल सप्ताह जारी रहेकाे खेललाई मणि मुकुन्द कलेजका बिज्ञान संकाय संयाेजक लक्ष्मण गैरेले उद्धघाटन गर्नुभएकाे थियाे ।

खेल प्राम्भ हुनु भन्दा पहिला अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी काेबि ब्रायन्ट र उनकि १३ बर्षिय छाेरी जियना ब्रायन्टकाे सम्झनामा २ मिनेट माैन धारण गरि खेल सुरु गरिएकाे थियाे।

खेल सप्ताको दाेस्राे दिन बास्केटबल, टिटि, भलिबल खेल सम्पन्न भएकाे छ।

छात्रतर्फ बास्केटबलमा सम्भु थापा, सुवास कडेल र आकाश कार्कि प्रथम भएका थिए, छात्रा बास्केटबलमा समीक्षा रजाली, सन्सीला गाैतम र रञ्जना थापा प्रथम भएका थिए ।

त्यस्तै छात्र एकल टिटि मा रिजन पछाई प्रथम, गिरु राना द्धितिय र सिद्धान्त थापा र सुरज सारुतृतीय भएका थिए भने छात्रा तर्फ शुष्मा क्षेत्री प्रथम, एरिना थापा द्धितिय भएका थिए।

टिटि छात्र डब्बलमा तर्फ शम्भु थापा र गिरु राना प्रथम, रिजन पछाई र मनाेज थापा द्धितिय र महेफुज आलम र माेहन जिसी तृतीय भएका छन्।तेस्रो दिन शिक्षकहरु बिच विभिन्न खेल सञ्चालन हुने शिक्षक दिनेश पाण्डेले जानकारी दिनुभएकाे छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया