Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मणिमुकुन्द कलेजमा सरस्वती पूजा, सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

   
610   पटक पढिएको

 

 चित्र बहादुर बुढाथोकी 

माघ १६ बुटवल 

मणिमुकुन्द कलेजामा सरस्वती पूजा, सम्मान तथा पुरस्कार बितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

श्री दयाराम बश्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड प्रदेश न ५ बुटवल कार्यालयका प्रमुख श्री रमाकान्त तिवारीले दीप प्रज्वलन गरी समुदघाटन गर्नु भएको थियो । सह प्राचार्य श्री दिवाकर खनालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियाे।

कार्यक्रममा प्रमुख अतीथी श्री रमाकान्त तिवारी, बिशिस्ट अतिथी राष्ट्रिय परीक्षा बोर्ड प्रदेश न ५ बुटवल कार्यालयका शाखा अधिक्रित श्री बाबुराम भण्डारी, प्राचार्य श्री टुक बहादुर क्षेत्रि, विद्यार्थी अशोक शर्मा लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

बिशिस्ट अतिथी र प्रमुख अतिथीले कलेजमा अध्यापन हुने बिभिन्न बिषय तर्फ वार्षिक परीक्षामा १०० प्रतिसत र उच्चतम ग्रेड ल्याउन अनबर्त लागि पर्ने प्राध्यापकहरुलाई नगद पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो ।

बिबिएस तर्फ श्री लालहरी पाण्डे, श्री उमापती न्यौपाने, श्री दिनेश पाण्डेय, +२ तर्फ लेखा बिषयमा श्री दिवाकर खनाल, श्री कमल अर्याल, श्री उज्ज्वल खनाल, श्री शुनिल सापकोटा, गणित तर्फ श्री अमरेन्द्र कुमार सिंह र सुरज आचार्य, नेपाली तर्फ श्री शालिकराम पौड्याल र दयाराम बश्याल, अंग्रेजी तर्फ श्री राम प्रशाद शर्मा, श्री मोहनलाल भण्डारी, श्री यज्ञ प्रशाद गैरे, भौतिक शास्त्र तर्फ श्री डा मनोज कुमार सिन्हा, श्रे लक्ष्मण गैरे, श्री बिकास कार्की सम्मानित हुनु भएको थियो

येसैगरी हालसालै बिधाबारिधी प्राप्त गर्नु भएका श्री डा मनोज कुमार सिन्हा र शैक्षिक शत्र २०७५� ०७६ मा १०० प्रतिसत उपस्थीत हुने प्राध्यापक श्री प्रेम सागर यादव, कलेज उत्कृष्ट कक्षा १२ बिज्ञान संकायका अशोक शर्मा, ब्यबस्थापना संकायका रेश्मी पौडेल, कक्षा ११ बिज्ञान संकायका माधव घिमिरे, कृष्ण बहादुर कुवर, पूजा न्यौपाने र ब्यबस्थापना संकायका कोपिला न्यौपानेलाई पनि सम्मानित गरिएको थियो ।

कलेज बिभिन्न संघ संस्थाहरुले आयोजना गरेका खेल्कुदका कार्यक्रममा बिभिन्न पदक जित्ने खेलाडीहरु, प्रशिक्षक र सहयोगीहरुलाई पनि सम्मान गरिएको उक्त कार्यक्रम बिज्ञान संकाय संयोजक श्री लक्षमन गैरेले गर्नु भएको थियो । कार्यक्रमको शुभराम्भमा आजै शहिद दिवस परेकोले शहीदहरुको सम्झनामा सम्पूर्ण सहभागीहरुबाट १ मिनेट मौनधारण र माल्यार्पन पनि गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया