Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सपनामा पनि देश

   
258   पटक पढिएको

 

मीनराज विश्वकर्मा
अर्घाखाँची (हाल मलेसिया)

सरकार गठन भएकाे दुई बर्ष पूरा भएको अवसरमा जनता घरघरमा दिपावली गरिहहेका थिए,नगरुन पनि कसरी सरकारले चुनाव ताका गरिएका घाेषणा भन्दा कयौं गुना बढि जनहितमा काम गरिरहेको थियो।

प्रत्येक नगर देखि गाउपालिका सम्म पक्कि बाटाे पुगेको थियो,वडा देखि टाेल-टाेलसम्म बाटो पुगेकाे थियो।०७७अन्तिमसम्म कुनै टाेलमा कच्ची बाटो नहुने प्रधानमन्त्रीले अाेलीले घाेषणा गरिसकेका थिए।

निजी अस्पताल पुरै टाट पल्टिएका थिए,हरेक जिल्ला अस्पतालले अत्याधुनिक उपकरण सहित २४घण्टा निर्बाधरुपमा सेवा उपलब्ध थियो।निजी स्कुलकाे पनि हविगत निजी अस्पताल जस्तै भाथ्याे,सामुदायिक विद्यालयकाे अवस्था चमत्कारिकरुपमा फेरिएको थियो।

विषक्ष दलहरूको त नामै जनताले भुले जस्तो देखिन्थ्याेनेपाली कांग्रेसका स्थापित नेता देखि नयाँ शक्ति,साझाका नेताहरू नेपकामा समाहित हुने लहर नै चल्या थियो।एकहिसाबले भनु न उनको राजनीति अाैचित्य नै सकिए जस्ताे भाथ्याे विप्लव अघिल्लो महिना रसियन राष्ट्रपति पुटिन नेपाल भ्रमण अाएकाे बेला नेपकामा अाएका थिए।"भन्थे अाफ्नै घर फर्के"

जताततै विकास निर्माणले गति लिइरहेकाे थियो,पुर्व-पश्चिम रेलमार्ग चैत अन्तिम साता सकिने छ,र रेलमार्ग उदघाटन् गर्न अागुन वैशाखमा चिनियाँ राष्ट्रपति नेपाल अाउने निश्चित भएको थियो अाफ्नाे देश विकासमा नेपाल अाफै सक्षम रहेको भन्दै सरकारले बहुचर्चित MCC रद्द गरेकोे थियो।

निजगढ विमानस्थल सन 2021सम्मामा सम्पन्न हुने भनिएको छ,जसकाे काम ७५%सम्पन्न भैसकेको सखरहरु अाइरहेका थिए।गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले TIA लाई विस्थापित नै गरेको थियो छिटफुट मात्रै अन्तर्राष्ट्रिय उठाउन हुन्थे,पाेखरामा पनि विमानस्थल निमार्ण कार्य छिट्टै सकिने सरकारले जानकारी दिएको थियो।

काठमाडौ तराई fast track ०७७वैशाखमा सरकारलाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको थियोे।
ठाउँ-ठाउँमा अग्ला टावर देखि पार्क निर्माण भइरहेका देखिन्थे घण्टाै लाग्ने बाटोमा केही घण्टामै पुगिने भैसकेको थियो।खाल्डाखुल्डी र साघुरा सडकको स्तरउन्नति भइसकेको थियो।

यसबिचमा झण्डै ३०लाख विदेशिएका युवा स्वदेश अाइसकेका थिए, उनलाई अाकर्षक तलब सहित राेजगारकाे ग्यारेन्टी सरकारले गरेकाे थियो।युवाहरू पनि अाफ्नै देशमा विदेशमा भन्दा अाकर्षक तलब पाएकाेमा मख्ख देखिन्थे,अर्का बर्ष सम्ममा सबै युवालाई स्वदेश फिर्ता ल्याउने याेजना सरकारको थियो।

गाउँका बस्ती एकीकृत गर्ने याेजनाले मुर्तरुप लिदै थियो।शहरीकरण ह्वात्तै घटेको थियो।
विश्व चर्चित कम्पनीहरुले दक्षिण एसियाली बजारमा हुने खबतलाई नेपाबाट उत्पादन गर्ने याेजना सार्वजनिक गेरेकाे खबर बिबिसीले बताएको थियो।अमेरिकी पुर्व राष्ट्रपति बाराक अाेबामा नेपाल भ्रमण अाउने तिब्र इच्छा भएको र छिट्टै अाउने twitter मार्फत जानकारी गराएका थिए।

विश्वका धेरै अविकसित देश लगाएत दक्षिण एसियाली देशका नेताहरु नेपालले गरेको तिव्र विकासकाे अनुभव,अनुसरण गर्न नेपाल अाइरहन्थे।यस्तो कुनै दिन हुन्थेन नेपालकाे खबर विश्व चर्चित सञ्चार माध्याममा नअाएकाे,समाजमा सबै समान थिए।जातीय भेदभाव एकादेशकाे कथा बनेको थियो।

दैनिक लाखौं पर्यटन नेपाल अाउथे,काठमाडौकाे सडकले सिंगापुरकाे सडकलाई मात खुवाउने खालका थिए।सरकारको कार्यकाल तीनबर्ष अझै बाकि छ।अाेलीले याे कार्यकाल पछि राजनीति बाटै सन्यास लिने बताउन थालिसकेका थिए।जनता भने त्यसाे नगर्न सुझाव दिन्थे।प्रचण्डले पनि सन्यास लिने त्यस्तै छनक बेलाबखत दिन्थे।तर
प्रचण्ड नै अर्को निर्वाचन पछि कार्यकारी हुने निश्चित थियो।

तर उनी भन्थे हामीले गर्ने गर्याै अब जिम्मेवारी युवालाई दिनु पर्छ।उठ्नुस युवाहरु,,,,,,,,,,,,,,,,,,,,झसङ्ग भए ब्युझिदा साथिले दाइ उठ्नुस अाज घुम्न जानू पर्छ भन्दै उठाए र म एकैछिन साेचिरहे नेपाल यस्तै हुने कहिले हाेला!?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया