Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शिक्षण विधि बिद्यार्थी केन्द्रित हुनुपर्छ: प्राचार्य पाठक

   
801   पटक पढिएको

टेकराज भुसाल,माघ १९ बुटवल। कालिका मानवज्ञान मा•बि बुटवलका प्राचार्य घनश्याम पाठकले विद्यार्थीलाई शिक्षण गराउदा बिद्यार्थीहरुकाे रुचि र चाहना अनुरुप शिक्षण गराई शिक्षणलाई विद्यार्थी केन्द्रीत बनाउनुपर्ने बताउनु भएकाे छ।

कालिका मानवज्ञान मा•बि कक्षा १२ शिक्षा समुहका बिद्यार्थीलाई आइतबार प्रशिक्षण दिदै पाठकले साे कुरा बताउनु भएकाे हाे। शिक्षक सबै खालकाे जनशक्ति उत्पादन गर्ने उत्पादनकर्ता भएकाेले शिक्षकमा सामाजिक, बिषयगत र बस्तुगत गुण समेत हुनुपर्ने बताउदै शिक्षक कक्षाकाेठामा स्मार्ट शिक्षकका रुपमा प्रवेश गरि बिद्यार्थीहरुलाई दिक्क नहुनेगरि किताबमा भएका क्रियाकलापका साथसाथै अन्य रचनात्मक क्रियाकलाप समेत गराउनुपर्ने प्राचार्य पाठकले बताउनु भयाे।

प्रशिक्षण कार्यक्रममा शिक्षक विष्णुहरि ज्ञवाली, सञ्जय खड्का लगायतकाे उपस्थित रहेकाे थियाे भने सञ्चालन शिक्षा समुहका इन्चार्ज खेम तिवारीले गर्नुभएकाे थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया