Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीको मुसिकोट महोत्सवमा नेपालकै ठुलो खुकुरी, मुल्य १ लाख ११ हजार रुपैँया

   
763   पटक पढिएको

सागर भण्डारी। गुल्मी,माघ २१ -  माघ १५ गते देखि सुरु भएको प्रथम मुसिकोट महोत्सवको अवसरमा नेपालकै ठूलो खुकुरी प्रर्दशनका लागि राखिएको छ ।

नपालकै सबैभन्दा ठूलो एकमात्र खुकुरी भएका कारण महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले निकै चाख मानेर खुकुरी अवलोकन गर्ने गरेका छन् । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं १ का मन बहादुर विश्वकर्माले निर्माण गरेको खुकुरी महोत्सवमा प्रदर्शनका लागि राखिएको छ ।

उक्त खुकुरी सगैं अन्य स–साना खुकुरी पनि विक्री र प्रदर्शनका लागि राखिएको छ । गुल्मी मुसिकोट महोत्सवको अवसरमा चलिरहेको मेलामा नेपालकै ठूलो खुकुरी प्रर्दशन राखिएको आफै खुकुरी बनाउनुभएका विश्वकर्माले बताउनुभयो । गोर्खालीको नाम भन्ने बित्तिकै खुकुरी सगं गासिएको साईनोले अझ नेपाली मौलिकता सगं गासिएको खुकुरी प्रर्दशनमा राखेको विश्वकर्माले बताउनुभयो ।

उहाँले अहिलेसम्मकै सबैभन्दा ठूलो ४२ किलोग्राम तौल र ८ फुट लम्बाईको खुकुरी भण्डै ११ दिन समय लगाएर निर्माण गरेको बताउनुभयो । नेपालकै सबैभन्दा ठूलो एकमात्र खुकुरी भएका कारण खुकुरी हेर्नका लागि दर्शकहरुको मेलास्थलमा भिड लाग्ने गरेका छ ।

एक लाख एघार हजार एक सय एघार रुपैँया मुल्य रहेको उक्त खुकुरी नेपालको पहिचान र विरतासंग गासिएको हुदाँ यसलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौजन्य गर्ने तयारीमा रहेको खुकुरी निर्माणकर्ता विश्वकर्माले बताउनुभयो । नेपालकै सबैभन्दा ठूलो खुकुरीलाई अन्य मेला महोत्सवमा पनि प्रर्दशन गर्ने गरेको र दर्शकहरुको रोजाईमा परेको विश्वकर्माले बताउनुभयो ।

महोत्सवमा आउने हरेक दर्शनाथीहरुका लागि खुकुरी आर्कषणको केन्द्र बनेको छ । बुर्तिवाङ आरन सेवाका सञ्चालक समेत रहेका विश्वकर्माले सानै उमेरदेखि बुबासंग सिकेको सिपले अहिले घरपरिवार चलाउनदेखि देशको पहिचान गराउन समेत आफू सफल भएको जानकारी दिनुभयो । खुकुरीसंगै घरेलु तथा कृषि हातहतियार मर्मत तथा थोकमा समेत विक्री गर्दै आएको उहाँको भनाई छ ।

बजारमा आएका अन्य कृत्रिम हातहतियार ले पुराना मौलिकता बोकेका खुकुरी र अन्य औजारहरु लोप हुने अवस्था आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । महोत्सवको स्थटलमा उहाँले खुकुरी प्रदर्शनमा राख्नु भएको छ । कसैले किन्न चाहेमा बेच्ने तैयारीमा रहनुभएका उहाँले अहिलेसम्म खुकुरी किन्ने आँट भने कसैले नगरेको बताउनुभयो । उहालेँ यस क्षेत्रमा लाग्ने प्राय मेला महोत्सवमा खुकुरी प्रदर्शन गरिसक्नुभएको छ ।

नेपालकै ठूलो खुकुरी निर्माण गरेको भन्दै उहाँ विभिन्न सघंसंस्थाबाट सम्मानित समेत भएको बताउनुभयो । सुरूमा उहाँले बाग्लुङ बुर्तिबाङमा आयोजना गरिएको पूर्णिमा मेलामा खुकुरी प्रदर्शनका लागि राख्नुभएको थियो । गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित सुरू भएको महोत्सव माघ २६ गतेसम्म चल्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया