Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ट्रकमा पा'लैपालो यौ'नसम्पर्कपछि ते'स्रोलिङ्गीको ह'त्या: हराएको मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो ह'त्यारा

   
1112   पटक पढिएको

काठमाडौँ । गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

मृत अवस्थामा फेला परेकी अजिताको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको १५ औं दिनमा हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।

एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो । पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

कसरी पक्राउ परे हत्यारा ?

हत्यापछि अजिताको मोबाइल आशिषले लगेको पाइएको छ । बुद्ध लामाले अजिताको हत्यापछि आशिषलाई मोबाइल दिएका थिए । त्यसपछि आशिषले आफ्नी पत्नी एलिसालाई अजिताको हराएको मोबाइल दिए । उक्त मोबाइल ‘अन’ भएपछि प्रहरीले अजिताको हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न २ जना अझै फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातो पाटि बाट साभार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया