Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युवक संघकाे मेचीमहाकाली अभियान रुपन्देहीमा

   
687   पटक पढिएको

टेकराज भुसाल,बुटवल।
माघ २१,अर्घाखाँचीबुलेटिन - अखिल नेपाल युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको मेची-महाकाली खबरदारी अभियान’ ले आज रुपन्देहीका ५ स्थानमा काेण सभा सम्पन्न गरेकाे छ।

अभियानले मंगलबार रुपन्देहीको मुर्गिया, नयाँगाउ, बेल्वास, बुटवलको राजमार्ग चाैराह र ट्राफिक चाेकमा कोणसभा सम्पन्न गरेकाे छ ।

काेण सभालाई सम्बाेधन गर्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशाेर घिमिरेले नेपालमा समृद्धीको बाधक भष्ट्रचार भएको भन्दै दुई तिहाईको सरकारले समृद्धीको वकालत गरे पनि मुठ्ठी भरका कार्यकर्ता र आफन्तलाई भएको भन्दै सरकारी,अदालत, मालपोत कार्यालय,नगरपालिका यसै गरि सम्पुर्ण वडा कार्यालयहरुमा भष्टचार बढ्दै गएकाे र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भ्रष्टाचारका बिषयमा मौन रहंदा भष्ट्रचारीलाई सहयोग पुगेको उहाले बताउनुभयो।

काेण सभालाई प्रदेश नं ५ का सांसद तारा जिसी​ युवक संघका महासचिव कृष्णराज पाण्डे, सचिब भक्त बिक, काेषाध्यक्ष भिमसेन बम, राष्ट्रिय जनमाेर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलम, राजमाे प्रदेश ५ का काेषाध्यक्ष गणेश गाैतम,राजमाे रुपन्देहीका सह-सचिब रुक बहादुर पराजुली, नेकपा (मसाल) रुपन्देही जिल्ला प्रबक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियाे ।

सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए।

कोणसभाको सञ्चालन केन्द्रीय सदस्य बरुणध्वज मल्ल र डम्बर खड्काले गर्नुभएको थियाे। माघ १५ गते महेन्द्रनगर देखि सुरु भएकाे खबरदारी अभियान माघ २९ गते झापामा पुगि समापन हुने युवक संघले जानकारी दिएकाे छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया