Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लाखौं प्रदेशीको कथामा तयार पारिएको “हरियो पासपोर्ट” बजारमा सार्वजनिक (भिडियो सहित)

   
1708   पटक पढिएको

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल बनेको सबैको प्रतीक्षा गरिएको गीत पासपोर्ट हरियो सार्वजनिक भएको छ ।

गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाकी जादुमय सुमुधुर स्वरको धनि ,नवगायिका अस्मिता बुढाथोकीको सांगीति क्षेत्रमा यो गित पहिलो एल्बम हो ।

बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो अत्यन्तै मार्मि गीतलाई स्मृति तिमिल्सीना (गुरुमा )ले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।

गीतको सामाजिक सञ्चालमा चर्चा भइरहेको छ,सबैले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ, विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी रहेको गायक तथा सर्जक अधिकारीले हामीलाई बताउनु भयो । गीतमा सारिका केसी र राजन विक तथा साथीहरुको अभिनय रहेको छ ।

गीतमा सबै टिमले निकै मेहनत गरेका छन् । भने आक्रमक प्रतिक्रिया समेत गीतले पाउन सुरु गरेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो हेरौ!!nepalimato.com/

हेर्नुहोस भिडियो 

#action=share">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया