Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लुम्बिनी प्रादेशिक अस्पतालले अस्पतालसँग सटेर रहेका सटरहरु भत्कायो

   
451   पटक पढिएको

टेकराज भुसाल,बुटवल ।
माघ २३, अर्घाखाँचीबुलेटिन - पाँच नम्बर प्रदेशकाे अस्थाई राजधानी बुटवलमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालले २३ गते विहिबार अस्पतालसँग सटेर रहेका सटरहरुमा भत्काएकाे छ ।

प्रहरीहरुको बाक्लो उपस्थितीमा कडा सुरक्षाका बीच विहान ७ बजेदेखि सटर भत्काउने काम सुरु गरेकाे हो।

जिल्ला अदालत रुपन्देहीले आईतबार सटर भत्काउनका लागि बाटो खाली गर्दिएकाे थियो ।

अदालको आदेशसँगै अस्पताल प्रशासनले व्यवसायीहरुलाई सटर खाली गर्नका लागि दिएको ४८ घण्टाको अल्टिमेटमको बुधबार राति १२ बजे सकिएकाे थियाे

अल्टिमेटम उपर पनि ब्यबसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया