Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेकपा (मसाल) सहित का नौ दल द्वारा नेपाली भुमि फिर्ता गराउन र एमसीसी सम्झौता खारेजीको माग गदैं बुटवलमा विरोध सभा सम्पन्न(तस्विर सहित )

   
409   पटक पढिएको

टेकराज भुसाल,बुटवल।
माघ २४ ,अर्घाखाँचीबुलेटिन -  भारतद्वारा अतिक्रमण गरिएकाे नेपाली भुमि फिर्ता गराउन र एमसीसी सम्झौता खारेजीको माग गदैं नेकपा (मसाल) सहित का नौ दलले बुटवलमा शुक्रबार विरोध सभा सम्पन्न गरेका छन् ।

बुटवलको ट्राफिक चाेकमा आयाेजित बिराेध सभालाइ सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इजरायलीकरण र भारतिय साम्राज्यवादले नेपाललाई फ्रिजिकरण र सिक्किमिकरण गराउन खाेजेकाे भन्दै आलमले राष्ट्रिय स्वाधिनता र अखण्डता का लागि सम्पूर्ण राष्ट्रभक्ति शक्तिहरु एक हुनुकाे बिकल्प नरहेकाे बताउनु भयाे।

नेकपा (क्रान्तिकारी माओवादि) का पि•वि•एस प्रेम सुवेदीले भारतीय तथा अमेरिकी साम्रज्यवाद सामु आत्मसमपर्ण गर्ने सरकारले बानी अझ बढेकाे भन्दै अहिलेकाे दुईतिहाइकाे सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्ने बताउनु भयाे।

कार्यक्रमलाई नेकपा (माले)का पि•वि•एस चन्द्रकान्त आचार्य, नेकपा (मसाल) रुपन्देहीका नारायण जिसी, देशभक्त जनतान्त्रिक माेर्चाका ५ नम्बर प्रदेश अध्यक्ष के•बि गुरुङ, नेकपा (माओवादि क्रेन्द) का केन्द्रीय सचिव बिनाेद उपाध्याय, नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य रामकरण यादव, राष्ट्रिय जागरण परिषद नेपालका केन्द्रीय सदस्य चित्र बहादुर थापा र समाजवादी पाटीका केन्द्रीय सदस्य कृष्ण आचार्य लगायतका नेताहरुले समेतले सम्बाेधन गर्नुभएकाे थियाे।

कार्यक्रम राष्ट्रिय जनमाेर्चा ५ नम्बर प्रदेश सदस्य दधिराम आचार्यकाे अध्यक्षता, नेकपा (माअाेवादि क्रेन्द)का ५ नम्बर प्रदेश आचार्यकाे स्वागत र देशभक्त जनतान्त्रिक माेर्चाका प्रतिनिधि पिताम्वर आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।

कार्यक्रम सुरु हुनुभन्दा पहिला बुटवलको नयाँ वसपार्कबाट र्याली शुरु गरिएकाे थियाे उक्त र्याली बसपार्क, हस्पिटललाइन, राममन्दिर लाइन हुँदै ट्राफिक चाेकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया