Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनजाति सम्मेलनकाे दाेस्राे जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा पुन (फोटो फिचर सहित )

   
746   पटक पढिएको

टेकराज भुसाल,बुटवल ।
माघ २४ ,अर्घाखाँचीबुलेटिन - अखिल नेपाल जनजाति सम्मेलन रुपन्देहीको दाेस्राे जिल्ला अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएकाे छ। अधिवेशनले नारायण पुनकाे अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति रुपन्देही र ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेकाे छ।

जस्काे उपाध्यक्षमा हरि राहादि, सचिव प्रेम थापा, सहसचिव कर्ण बहादुर थापा, काेषाध्यक्षमा अमृता पुन र सदस्यहरुमा बिमल कुमार श्रीस, दिपक घर्ती, मिना पुन, भिम बहादुर थापा, बैकल्पिक सदस्यहरुमा हाेम बहादुर काउचा, नरेन्द्र श्रीनेट, खुम बहादुर थापालाई चयन गरेकाे छ भने सल्लाहकारहरुमा भिम बहादुर सिजापति, केशर राना, थान बहादुर पुनलाई चयन गरेकाे छ।

अधिवेशनलाई सम्बाेधन गर्दै जनजाति सम्मेलनका केन्दिय महासचिव राम बहादुर बुढाले सरकारले पिछडिएका, लाेप उन्मुख जाती र जनजातिहरुलाई संरक्षण नगरेकाे आराेप लगाउदै पिछडिएका, लाेप उन्मुख जाती र जनजातिहरुकाे संरक्षण गर्न सरकारलाई दवाव दिनुभयाे।

सरकारी काम हुने सरकारी कार्यलयहरुमा मातृभाषा नभएका कारण आदिवासी तथा जनजातिहरुलाई समस्या परेकाे भन्दै बुढाले सरकारी कार्यलयहरुमा मातृभाषाकाे प्रयाेग गर्दै बिद्यालयहरुमा समेत मातृ भाषा पठनपाठन गराउनुपर्ने बताउनु भयाे।

कार्यक्रमलाई प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिव टान बहादुर केसी र अखिल नेपाल किसान महासंघ रुपन्देहीका अध्यक्ष गणेश गाैतमले शुभकामना मन्त्वय राख्नु भएकाे थियाे।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्दिय सचिवालय सदस्य दुर्गानाथ खरेल, जनजाति सम्मेलनका केन्दिय उपाध्यक्ष एल बि राना, केन्द्रीय सदस्य राम बहादुर जि एम, राम बहादुर पुन, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उधाेग व्यापार संघ रुपन्देहीका सचिब गंगालाल सापकोटा, अखिल (छैठौं) रुपन्देहीका अध्यक्ष सराेजमान सिंह, जातिय समता समाजका जिल्ला अध्यक्ष दिल प्रसाद बिक, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष भानु जिसी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि कमला बञ्जाडे, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सदस्य टेकराज भुसाल लगायतको उपस्थित रहेकाे थियाे। कार्यक्रम अखिल नेपाल जनजाती सम्मेलन रुपन्देही जिल्ला अध्यक्ष बिमल कुमार श्रीसकाे अध्यक्षता, जिल्ला उपाध्यक्ष भिम बहादुर सिंजापतीकाे स्वागत र खगेन्द्र श्रीसकाे सञ्चालन सम्पन्न भएकाे थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया