Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्ध्याग्रुप द्वारा कतार"खेलकुद दिवस" मनाइयो

   
227   पटक पढिएको

कतार। कतार खेलकुद दिवस सन्ध्याग्रुप कतार द्वारा भब्य एवम सभ्य तरिकाले मनाएको छ ।

"समाज बिकासमा प्रवासिको योगदान" भन्ने मुल नाराका साथ सन २००२ मा स्थापित सामाजिक सस्था सन्ध्याग्रुप कतारले कतारका रार्ष्ट्रिय दिनहरुमा विभिन्न कार्यक्रम गर्दै मनाउदै आइरहेको छ । तेसै क्रममा फेब्रुअरी ११ तारिक आज मंगल बारको दिन पनि बिभिन कार्यक्रम गरि मनाएको छ ।

जस अनुसार बिहानको समयमा अल्खोर स्थित अलधाकिरा समुन्द्री तटमा "रमाइलो दौड " कार्यक्रम गर्यो । त्येस्तै दिउँसोको समयमा कार्यसमिति बिच भलिबल,फुटबल लगायतका अन्य खेल खेल्दै कतार "खेलकुद दिवस" मनाएको हो ।

जस्मा सस्थाका संरक्षक प्रेम प्रसाद भट्टराई, प्रमुख सल्लाहकार राम प्रसाद पराजुली,विशेष सल्लाहकार राम जि अधिकारी,समाज सेवि सुदिप पान्डे लगायत कार्यसमितिका पदाधिकारी हरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रमको अन्त्यमा रमाइलो बनभोज तथा सास्कृतिक कार्यक्रम गर्दै अनौपचारिक कार्यक्रम सप्पन्न भएको थियो । सन्ध्याग्रुप कतारले साहित्य,खेलकुद र सास्कृतिक गरि ३ बिधालाई समेट्दै नेपाली समुदाय बिच स्थापना काल देखीनै सक्रियता देखाउदै आइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया