Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पहिलो पटक निर्माण गरिएको नेपालकै ठूलो खुकुरी भयो बिक्री : १ लाख ११ हजार १ सय ११ मा पोमलाल कंडेलले खरिदे

   
2593   पटक पढिएको

चुरामनि तिमील्सिना,गुल्मी।
माघ २९ ,अर्घाखाँचीबुलेटिन -  पहिलो पटक निर्माण गरिएको नेपालकै ठूलो खुकुरी बिक्रि भयको छ ।

रुरु महोत्सव तथा मुसिकोट महोत्सवमा प्रदसनीमा राखियको खुकुरी गुल्मी श्रीङगा हाल बुटवलमा रहदै आउनु भयका समाजसेबि पोमलाल कंडेल तथा गिता कंडेलले बुर्ति बाङ का निर्माण कर्ता मन बहादुर बिक बाट खरिद गर्नुभयको हो ।

मन बहादुर बिकले धेरै मेला तथा महोत्सवमा राखेको र अहिले सम्म बिक्री नभएको पत्रकार चुरामनी तिमिल्सिना लाई जान्कारी गरायका थिए उक्त खुकुरी४२ किलो फलामले निर्माण र र २०७० सालमा बनाइयको समेत बतायका थिए । तिमिल्सिनाले समचार मिडियामा राखेसी लण्डन कंडेल ले तिमिल्सिना लाई सम्पर्क गरि खुकुरी किन्न लगायका थिए ।

यस्को मूल्य रु १लाख ११ हजार १सय ११ रहेको र उहीँ मुल्यमा खरिद बिक्रि भएको कंडेलले जानकारी गराए, यो खुकुरी आफ्नो घरमा सजाउट को लागि आफुले खरिद गरेको र पेसाको सम्मान समेत गरेको पोमलाल कंडेल ले जान्कारी गराएका छन् ।

यस्तै अन्य तौलमा कमि भयका समेत निर्माण गरेमा अझै केही खरिद गर्ने गिता कंडेलले बताउनुभयो मन बहादुर बिक आफुले जाने देखि यहि पेसामा निर्भर भयको र आम्दानी समेत गर्दै आयको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया