Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतको नयाँ दिल्ली बाट भू,न.पा. ७ पानडाँडाका कमल सुनार ६ दिन देखि बेपत्ता : भेटाउने ब्याक्तिलाई ५ हजार पुरस्कार

   
1532   पटक पढिएको

प्रितम रायमाझी,अर्घाखाँची ।
फागुन १ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर- ७ पानडाँडा निवासी प्रकाश सुनारका छोरा कमल सुनार ६ दिन देखि भारतको राजधानी दिल्ली बाट बेपत्ता भएका छन ।

दिल्लीको पुरानो शिव मन्दिर, रंगपरी महिलापुर् घर (फ्लाट) नम्बर :- ४० "बि" आफुले काम गर्ने स्थल बाट ६ दिन अघाडी करिब दिउँसो १;३० बजेको समयमा १४ बर्षीय कमल सुनार एकाएक बेपत्ता भएको निजका बाबु प्रकास सुनारले जानकारी दिएका छन।

हराउने कमलका बुवाले आफ्नो फेसबुक वालबाट छोरा खोजिदिन  सार्वजनिक गरेको पोष्ट जस्ताको तस्तै 

 

प्रकास सुनारका छिमेकीहरुको भनाइ अनुसार गत बैसाखमा आगलागी बाट उनको घर जलेर नष्ट भएको थियो ,जलेर नष्ट भएको घर बनाउन र आफ्नो घरपरिवारको दैनिकी जीवन खर्च चलाउन १४ बर्षिय कमललाइ आफु संगै दिल्ली लिएर एक फ्लाट (घर)मा काम लगाई दिएको खबर प्राप्त भएको छ।

बेपत्ता हुने कमललेकेही महिना यता राम्रै काम गर्दै आइरहेका थि तर उनि ६ दिन अघि देखि आफ्ना घरपरिवार र आफन्तजनको सम्पर्कमा छैनन् ,उनका बाबु प्रकाश सुनारले उनले काम गर्दै आइरहेको घरमा सोधपुछ गर्दा कमल फर्केर जागिरमा नआएको उनि बताउछन।

दिल्ली पुलिस द्वारा बेपत्ता हुने कमल सुनार लाइ खोजिगरिदिन ५ हजार पुरस्कार सहित सार्वजनिक गरेको पोष्ट 

 

३ फिट ६ इन्चका कमल एकाएक बेपत्ता भए संगै उनका घरपरिवार अत्यन्तै चिन्तित र दुखित अवस्थामा छन् ।उनका बुवा प्रकास सुनारले आफ्नो छोरालाइ भेटाइदिनुहुने महानुभावहरुलाई ५ हजार रुपैयाँको पुरस्कार राखेका छन।

कृपया कोहि कसै महानुभावहरुले कहिँ कतै यी बेपत्ता हुने युवक ,तस्विरमा देख्नु हुने कमललाइ भेट्नु भयो वा देख्नु भयो भने तुरुन्तै +91 -8826473884 ,9867250792 नम्बरको मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन् अर्घाखाँचीबुलेटिन परिवार र कमल सुनारका घरपरिवार हार्दिक अनुरोध गर्दछौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया