Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनयुद्ध दिवशकाे अवसरमा हर्लेक्स र फलफुल बोकेर अर्घाखाँची अस्पताल पुग्यो नेकपा

   
358   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क ।
फागुन १ ,अर्घाखाँचीबुलेटिन - जनयुद्ध दिवशकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले अर्घाखाँची अस्पतालमा रहेका विरामिलाई स्वास्थ्य लाभको कामना सहित फलफुल र हर्लेक्स वितरण गरेको छ ।फलफुल बितरण पछि नेकपा अर्घाखाँची का नेता कार्यकर्ता हरुले अभिर लगाई शुभकामना आर्दान प्रदान गरेका थिए ।

कार्यक्रममा राष्टिय सभाका सासद चन्द्रबहादुर खड्का प्रदेस सासद तथा नेकपा अर्घाखाँची का अध्यक्ष चेतनारायण आचर्य प्रदेस सासद रामजि प्रसाद घिमिरे नेकपा प्रदेस कमिटि सचिबालय सदस्य जिल्ला सचिब सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक प्रदेस कमिटि सदस्य छमकुमारि खनाल त‍‍ोज बहादुर रायमाझी कार्यलय सदस्य पिताम्बर भुसाल नेता हरु रामबहादुर चौहान प्रेम नारायण गैरे रामचन्द्र पोख्रेल भोज बहादुर गन्धर्भ मोतिजङ रायमाझी युवराज बन्जाडे सन्धिखर्कका नेता लक्ष्मण पराजुली प्रकास भुसाल महिला नेतृ हरु कमला भन्डारि सुशिला भन्डारि कन्जाडे कमला खनाल भन्डारि भाबना खनाल लगाएतका नेता तथा कार्यकर्ताहरु जिल्ला अस्पताल पुगेका थिए ।

उनिहरुले अमर शहिदहरुको बलिदानी प्रती सम्मान र संघर्ष बाट प्राप्त उपलब्धि लाई स्मरण गरेका थिए ।फलफुल बितरण मा पुगेका नेता कार्यकर्ताहरु लाई अस्पताल का प्रमुख कपिल गौतमले स्वागत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया