Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छत्रदेबमा दादुरा रुबेला खोप अभियानको लागि गोष्ठी सम्पन्न

   
650   पटक पढिएको

दिपेन्द्र श्रेष्ठ ,छत्रदेब।
फाल्गुन २,अर्घाखाचीबुलेटिन - राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियान २०६७/७७ को लागि अर्घाखाँची जिल्लाको छ्त्रदेब गाउपालिकाको आयोजनामा गाउपालिका स्तरीय खोप समन्वय समितिको परिचयात्मक गोष्ठी बिहिबार छत्रदेब गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता तथा अर्घाखाँची जिल्ला खोप समुन्वय समितिका सम्योजक राम प्रसाद गौतमको प्रमुख आतिथ्यतामा समपन्न भएको छ।

राष्ट्रिय गान बाट सुरु भएको गोष्ठीको उद्घाटन छत्रदेब गाउपालिकाका प्रमुख लेखनाथ पोख्रेलले खोप अभियानको ब्यानर पढेर गर्नुभएको थियो। कार्यक्रममा स्वागत मनतब्य राख्दै छत्रदेब गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसालले खोप अभियानलाइ सम्पन्न पार्न आमजनसमुदायको उल्लेखनीय भूमिका आबश्येक पर्ने हुदा यस अभियान लाइ सफल पार्न सम्पूर्ण अभिभावकहरुले आफ्ना पाच बर्ष नपुगेका बालबालिकाहरुलाई तोकिएको पाएक पर्ने खोप केन्द्रमा लगि खोपाउन् अनुरोध गर्नुभयो।

दादुरा रुबेला विरूद्धको खोप कार्यक्रम र अभियानको बारेमा प्रकाश पार्दै जिल्ला खोप समुन्वय समितिका सम्योजक राम प्रसाद गौतमले "सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान दुई चरणमा गर्ने कार्यक्रम रहेको र पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म सञ्चालन हुने र पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुन् लागेको र दुई चरणमा गरी देशभरका ३० लाख बालबालिका उक्त खोप लगाइने हुदा सोहि अनुरुप अर्घाखाँची मा पनि यहि फागुन ७ गते देखि १५ गतेसम्म अभियानको रुपमा चल्ने दादुर रुबेला बिरुद्धको खोप ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दिइने हुदा छत्रदेबमा पनि तोकिएका खोप केन्द्रमा लगि आफ्ना बालबालिकालाई खोप लगाउनु पर्ने बताउनुभयो। सरकारले दादुरा र रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्न देशभर ८ हजार तालिमप्राप्त स्वस्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

यस्तै ५ हजार ५ सय जना स्थानिय सुपरिवेक्षक पनि परिचालन हुनेछन् । सरकारले खोप अभियानका लागि ४९ हजार खोप केन्द्र स्थापना गर्ने र करिव एक लाख स्वयंसेवक परिचालन गरिनेछन् ।

कार्यक्रमको समापन गर्दै गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले कुनै पनि खोप लगाउने कुरामा बालबालिकाहरुलाई छुटायेमा भोलिको पुस्ताले धिक्कार्ने भन्दै उक्त अभियानलाइ सफल पार्न छत्रदेब गाउपालिका भित्रका सम्पूर्ण स्वास्थ्यकर्मी र स्वास्थ्य स्वेमसेबिकाहरुलाई परिचालन गरिने बताउनुभयो।

जनप्रतिनिधि,शिक्षक,पत्रकार,समाजसेबी,बुद्धिजिबी,जनसमुदाय सबैले हातेमालो गरि उक्त खोप अभियानलाई उत्साह पुर्बक सफल पार्न सबैले आफ्नो गाउ टोल समाजमा खोपको बारेमा सकारात्मक सन्देस प्रवाह गर्नुपर्नेमा पोख्रेलले जोड दिनुभयो ।

कार्यक्रममा छत्रदेब गाउपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ ,छत्रदेब गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुसाल,पालिकाका शिक्षा अधिकृत गिरिराज पाण्डे,लेखा अधिकृत सन्तोष गैरे ,सुचना प्रबिधि अधिकृत इ.सुनिल पन्थी लगाएतको आतिथ्यता रहेको गोष्ठी कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधिहरु,कार्यपालिकाका सदस्यहरु पालिका भित्रका स्वास्थ्यकर्मी,पत्रकार,स्वास्थ्य स्वेमसेबिकाहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पालिकाका स्वास्थ्य संयोजक बुद्धि न्यौपानेले गर्नुभएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया