Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रेम

   
836   पटक पढिएको

सुन्दा प्यारो शब्द जीवनको एउटा अति महत्वपूर्ण शब्द जुन हो प्रेम ।

प्रेमको अर्थ र विशेषतालाई न कसैले वर्णन गरेर सक्छ त न कसैले यसको महिमा को बारेमा शब्दहरु भनेर नै सक्छ, प्रेम एउटा व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ l

प्रेमअनुभूति हो प्रेम जो कोहीले जो कोहीलाई पनि गर्न सक्छ तर कुन नजरबाट गरेको छ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अन्धो प्रेम गर्नु जीवनको ठूलो भूल पनि हो ।प्रेमको अर्थ माया हो माया एकअर्का व्यक्तिमा हुनुपर्छ स्वाभाविक पनि हो lएउटा माया जुन हो आफूले आफ्नो जिन्दगी उसैकी नाममा गराउने जस मा एकअर्का को जीवनका दुःख पीडा बुझेका हुन्छन् ।जसले गर्दा भोलि को जीवन सार्थक र सुखमय पनि हुने गर्दछ ।

कसैलाई पहिलोपटक देख्दै मा माया पनि बस्छ तर त्यो कस्तो खालको माया हो त भन्दा उसको रुपलाई आफ्नो दिल ले माया गरेको कारण उस प्रेम हुन गएको हो ।

तर उनीहरूले एकअर्का को भित्री कुरा बानी व्यवहार बुझिसके का भने हुँदैनन् भित्री कुरा नबुझी गर्नुको प्रेम अन्धो सरह हुन्छ सायद कोही प्रेमी प्रेमिका यतिसम्म हुन्छन् की आफूहरु एकअर्काको नहुने कुरा थाहा हुदाहुदै पनि कोही एकअर्कालाई यति माया गर्छन् कि उनीहरु हर दुःख सुख मा सँगै रुने सँगै हास्ने गर्दछन् ।विभिन्न कारणहरुले गर्दा आफूहरु एक अर्का को हुन नसकेको कुरा पनि बुझिरहेका हुन्छन् l

तर पनि एकअर्कालाई मन देखि नै माया गरेका हुन्छन् भनौं सम्झि रहेका हुन्छन् ।एक दिन छुटेर टाढा जाँदा भनौं नदेख्दा पनि गहभरी आँशु पारेर बस्छन् पनि उनीहरू को माया यति सम्महुन्छ की एक दिन त के एक मिनेट पनि छुटिएर बस्न सक्दैनन् l मायाको एउटा सत्रु भनेको शंका हो शंका मायामा हुनु स्वाभाविक पनि हो ।

तर शंकाको हद भने पक्कै हुन्छ । प्रेम गर्नुभन्दा पहिले उसको चालचलन व्यवहार सबैको जानकारी हुनु जरुरी छ lप्रेम गर्नुस मनै देखि गर्नुस् जुन अजम्बरी होस । एकअर्का जीवनमा छुटिन नसक्ने वातावरण सिर्जना हुने खालको प्रेम गर्नुस प्रेम दिवस को अवसर मा लेखिएको यो लेख यदि मन परेको खण्ड मा सेयर लाइक गरिदिनु होला ,धन्यवाद

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया