Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मोडल सन्तोष शर्मा र सोफिया बोहराको अभिनयमा सजिएको " वीर गति "गीति एल्बम सार्वजनिक (भिडियो सहित )

   
821   पटक पढिएको

 हरि कुँवर,अर्घाखाँची । माया प्रीतिमा आधारित मन मुटु लाई छुने अर्घाखाँची का चर्चित मोडल सन्तोष शर्माको अभिनयमा सजिएको मार्मिक म्युजिक भिडियो "वीरगति" सार्वजनिक भएको छ ।

पछिल्लो समयमा लोक गीत अर्घाखाँचीमा लोकप्रिय बन्दै गएका छन । म्युजिक बजारमा प्रतिस्पर्धा भएको पाइएता पनि यहाँ अलि भिन्न अभिनय गरिएको देख्न सकिन्छ । अर्घाखाँचीका चर्चित मोडल सन्तोष शर्मा ले ज्यानको बाजी लगाएर आगो सङ्ग अभिनय गरेका छन ।

उता सोफिया बोहराले मनलाई बाधेर अरु सङ्ग बिहे गर्न पुग्छिन । मेहनत ले निर्माण गरिएको लोक गीत “वीरगति” मा आफ्नुले माया गरेको मान्छे , मनको मान्छे अरु सङ्ग जादा को पीडा , मन नहुदा नहुदै पनि अर्कै सङ्ग जानु पर्ने बाध्यता मायाका कथा लाई यहाँ देखाउन खोजिएको छ ।

उक्त गीतनिर्देशन सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका हुन भने आगोको स्टन्ट अर्घाखाँचीका चर्चित मोडल सन्तोष शर्माले गरेको देख्न सकिन्छ । सोफिया बोहरा, शिव खनाल, र सगुन शर्माको पनि दमदार अभिनय रहेको छ ।

गीतमा पुरुसोत्तम गैरे को लय स्वर , धनमाया दिशावा मगरको स्वर रहेको छ भने बिमल पौडेलले शब्द लेखेका हुन। म्युजिक भिडियो को छायांकन पाल्पा , कपिलवस्तु र बुटवलको विभिन्न स्थानमा गरिएको मोडल सन्तोष शर्मा ले बताउनु भयो ।

हेर्नुहोस भिडियो 

">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया