Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा फेरी घट्यो दुखद घटना, रसुवाका ३२ वर्षिय ग्यावाको निधन

   
440   पटक पढिएको

कुवेत । कुवेतमा फेरी एक नेपाली युवाको मृत्यु भएको छ । नेपालमा रसुवा जिल्ला स्थायी घर भएका धनकृष्ण ग्याबाको मंगलबार राती निधन भएको छ ।

३२ बर्षिय धनकृष्ण कुवेतको माहाबुल्लास्थित ब्लक १ मा बस्दै आएका थिए । उनको मंगलबार राती ८:१५ वजे आफ्नै कोठामा ज्यान गएको हो ।

इनास नामको कम्पनीमा चार बर्षदेखी कार्यरत धनकृष्णको हृदयघातबाट ज्यान गएको भनिए पनि उनको मृत्यु कसरी भयो भन्ने आधिकारिक जानकारी भने आउन बाँकी छ । यस घटना बारे कुवेतस्थित नेपाली राजदूतावासमा सामान्य जानकारी मात्र भएको बुझिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया