Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कतारमा अर्घाखाँचीका चर्चित गायक कुशल बेल्वासेको क्रेज , काधमै बोके दर्शकले

   
606   पटक पढिएको

दोहा l“रातो घलेकिमा रोधिघरमा कुमजोड़ी नाचौला आऊ बेलुकीमा ” दोहोरि साँझ हरुमा होस या मेला महोत्सव एकताका एकक्षत्र राज गर्ने सफल गीत् का संगीतकार तथा गायक कुशल बेल्वासेलाई कतारका नेपली दर्शकले काधमै बोकेर घुमाएका छन् l

अर्घाखाँची सेवा समाज कतारको आयोजनामा तेस्रो बनभोज तथा बृहत सास्कृतिक कार्यक्रममा दर्शक हरुले आफ्नो नेपलीगीत संगीत र बेलबासे प्रतिको क्रेज देखेका हुन् l अर्घाखाचीको जिल्लाको पाणिनी गाँउपालिका ४ मा जन्मिएर नेपाली लोक संस्कृतिमा दिलो ज्यान दिदै आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका अहिलेका चर्चित रार्ष्ट्रिय लोक दोहोरि गायक कुशल बेल्बासे अर्घाखाँची सेवा समाज कतारको निम्तो मान्दै कार्यक्रममा उपस्थित भएका थिए ।

विशेष आकर्षण रुपमा रहेका गायक बेल्वासेले कार्यक्रमलाई रौनकता दिनलाई कुनै कन्जुसाई गरेनन ! करिपन ७०० दर्सक उपस्थित रहेको बनभोज तथा बृहत सास्कृतिक कार्यक्रममा उनि गायकले आधा दर्जन जति गीतमा आफ्नो सुमधुर स्वर मार्फत गीत पस्किदा अलदोसरि पार्कनै नेपाली संगीतमय बन्यो ।

उपस्थित दर्सक आफु मात्र नाचेनन उनलाई समेत कांधमा राखेर नचाउन सफल रहे ! गायक बेल्वासेले माली गाईले बाछी चाटेको,तिम्रो जोबान देउन बास गरि, रातोघलेकीमा जस्ता चर्चित गीत पस्केका थिए भने कार्यक्रमको अन्त्यमा गायिका इन्दिरा साही संगको लोकदोहोरि घम्सा घम्सीले पनि निकै कार्यक्रमको आकर्षण बन्यो ।

त्येस्तै अन्य कलाकार हरु गायक दिपेन्द्र सुनार,राम कृष्ण परियार,सन्दिप राई,पुजा गजुरेल साथै नृत्य तर्फ मोडल तथा डान्सर उर्मिला लामा,मगर संघ कतारका ग्रुपिंङ नृत्यले पनि कार्यक्रम उत्कृट बनेको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ( आई सी सी ) मध्यपुर्व संयोजक प्रवीण गुरुङले बोल्दै प्रवास कतारमा अर्घाखाँची सेवा समाज कतार एउटा छुट्टै विशेषता बोकेको सस्था भएको बताउदै समाजले बिगतका दिनहरुमा गरेका बिभिन्न सामाजिक कार्यको प्रसंसा गर्दै सस्थाको उन्नति र प्रगतिको कामना गरे ।

शुभकामना दिने बक्ताहरुमा तिलु सर्मा पौडेल,नरेन्द्र भाट,कमलमणि गुराँगाइ ,बिमल सुबेदी, बुद्द पाण्डे, मोहमद अजित अलि,किरण परियार, इस्वर काफ्ले, करिम बक्स मिया,झबिन्द्र आचार्य साथै सस्थाका संरक्षक क्रान्ति सिह र प्रमुख सल्लाहकार ठाकुर कुमार परियार लगायत बाट मन्तव्य व्यक्त गरिएको थियो ।

अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति टेक राज थापाले बोल्दै समाजले गरेको बनभोज तथा बृहत सास्कृतिक कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाइदिनु हुने सम्पूर्ण संघ सस्थाका प्रतिनिधि,कलाकार,सल्हाकार, कार्यसमिति का पदाधिकारी लगायत बिभिन्न समय तथा कार्यहरुमा सहयोग गर्नेप्रति धन्यबाद टक्राउदै आगामी दिन हरुमा कतारमा रहेर अझै समाजले सामाजिक कार्यमा डटेर लाग्ने बताउदै कार्यक्रम समापन भएको बताए ।

संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक केदारनाथ भुसालले स्वागत मन्तब्य,औपचारीक महासचिव बालाराम पाण्डे र सांस्कृतिक कार्यक्रम सचिव अनिल परियारले सहजीकरण गरेका थिए । “अर्घाखाची बासि एक हौ’ समाजलाई केहि गरौ “ भन्ने मूल नाराका साथ सन २००६ मा कतारमा स्थापना गरिएको सस्थाले जिल्ला बासीको सहारा बन्दै दुखःसुखमा हातेमालो गर्दै अगाडी बढीरहेको छ । श्रोत प्रभाव न्यु बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया