Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतको मद्रास सलेममा पर्यटक बस दुर्घटना हुँदा ६ जना नेपालिको मृ*त्यु

   
351   पटक पढिएको

भारत । राति ११.५० तिर दुई ओमनी बसको आपसमा ठक्कर खाँदा बुधवार राती सलेममा भएको दुर्घटनामा नेपालबाट आएका पर्यटकको मृ'त्यु भएको छ।

 https://www.thenewsminute.com/article/six-tourists-nepal-die-after-omni-buses-collide-tns-salem-118556 का अनुसार पर्यटक तीर्थयात्रामा थिए र कन्याकुमारीबाट राजस्थानतर्फ सडक हुँदै यात्रा गर्दै थिए जब दुर्घटना भएको थियो। पुलिसका अनुसार बसमा नेपालबाट ३४ जना पर्यटक आएका थिए र उनीहरु नारीपल्लम नजिकै यात्रा गर्दै थिए जब अर्को गाडी ओम्नी बसमा ठक्कर खान पुगेको थियो ।

उनीहरूले रातको लागि विश्राम गृहमा अवकाश लिने निर्णय गरेका थिए र दुर्घटना हुँदा ड्राइभरले सडकको अर्को लेनमा सर्नको लागि छिटो बस मोडीदिएको कारण बस दुर्घटना हुन् पुगेको थियो ।

"उनीहरु आइपुगेको गाडी पहिले नै त्यस लेनमा भएको देख्न सकेनन र दुर्घटना भएको थियो। बंगलोरबाट तिरुवनन्तपुरम जाँदै गरेको अन्य ओमनी बसले ठ्याक्कै बीचमा ठक्कर दियो र बस यात्रुहरूसहित दुर्घटनाग्रस्त हुन् पुग्यो ।

"जसमा ६ जना नेपालिहरुको मृ'त्यु हुन् पुगेको ओमलुरका पुलिस उपाधीक्षक (डीएसपी) भासकरणले टीएनएमलाई बताएका छन् । "घाइतेहरुलाई नजिकको अस्पतालमा उपचार गरिरहेको खबर प्रापुत भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया