Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कसैको जन्म दिन केक् मात्र बनेछ देश अाज

   
249   पटक पढिएको

 

# गजल#

कसैको जन्म दिन केक् मात्र बनेछ देश अाज!
टुक्रा टुक्रा पारि नखाई नचल्ने रे त्यो मेष अाज!

उतार्नु पर्छ ढाका टोपी दोरासुर्बाल पहिचान पनि,
भन्छन् मेटाई अब पश्चिमाको लगाउ भेष अाज!

भष्ट्रचारको संस्कृति रुप छ बेतिथिको छैन सिमा,
न्याय मारि शत्ताको दम्भमा दब्छन् केस अाज!

देवताकै शक्ति र रुप देख्न थाले रे तिम्रा भक्तले,
त्यसैले त देवत्व करणको चल्याछ रे रेस अाज!

बनाउने जिम्मा थियो मुलुक दौड्ने बाटो तिमिले,
के बनायो खै बाटो पाईले पिछे लाग्यो ठेस अाज!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया