Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

निदायो कि आकास निलो च्यादर ओढि उतै

   
212   पटक पढिएको

 

गजल

निदायो कि अाकास निलो च्यादर अोढि उतै!
कालो बादलले धोपि लग्यो भन्छन् मोढि कतै!

संघर्ष पुण सम्बन्ध दुईको छेका छेक् कति
उदाउनु छ एक अर्काको जीवन फोडि कतै!

एक बिना बन्छ अर्को अधुरो क्षितिजमा यिनि
अाउने जाने रमिता यिनको जिवन छोडि उतै!

साम्राज्य उस्को कति टिक्लार अधेरिको सधै,
उज्यालो हुदैन ताराहरुले अँध्यारो नगोडि कतै!

हान्छ चोट चट्याङ सपना भत्काउन मुटैमै,
जाग बैरि भए दाया बायाँ बादल तोडि कतै!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया