Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुनै दिन हाम्रा बिचार चल्ने छन्

   
362   पटक पढिएको

 

# गजल#

कुनै दिन हाम्रा बिचार चल्ने छन्!
जिते पसिनाका अबिर दल्ने छन्!

नथाक साथि अब्ठ्यारा बाटामा है,
क्रान्तिले नै साम्राज्य ती ढल्ने छन्!

निभाउ जति संसारको उज्यालो लाई,
उज्यालो मार्ने ती अधेरि जल्ने छन्!

अोखल वा बनाउ लाटा जिब्रा जनका,
अन्याय बिरुद्ध एकभै सबै बोल्ने छन्!

रहदैन बर्तमान युग भबिष्यको बाधक,
हेर अब युवाले नै यो युग बदल्ने छन्!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया