Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

उ कति पटक मर्छ तिमी गन्दै गर:मुकुन्द राज रोका

   
432   पटक पढिएको

 

# गजल#

उ कति पटक मर्छ तिमी गन्दै गर!
अब बाचिन भने चिहान खन्दै गर!

कति खप्न सक्छ कालका चोटहरु उ,
फाल्नु पर्ला लास मलामि बन्दै गर!

ईमान्दारीताले झुक्केर जित्न सक्छ,
एकदुई भोट धाधलीका नि हान्दै गर!

जित्यौ तिमि साम,दाम,द्वन्द्व भेदले,
अबिर यात्रा मनाउन मान्छे भन्दै गर!

डाक्टर साबको घोषणा हुन बाकि छ,
पैसा नभै मर्न सक्छ कात्र‍ो किन्दै गर!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया