Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा फेरी अर्को बेवारिसे श'ब भेटियो, खरबारीमा ना'ङ्गो अबस्थामा मृ'त फेला

   
1446   पटक पढिएको

अनिल खत्री,गुल्मी । गुल्मीमा एक पुरुषको बेवारिसे शब फेला परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुषको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

सावधारा स्थित फन बहादुर खड्काको खरबारीमा नाङ्गो अबस्थामा मृत व्यक्तिको बर्ण कलसाउदो, उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।

शबलाई पोष्टमार्टमा गरि गुल्मी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शबको सदगत गरेको छ । कँहिबाट पनि पहिचाहन हुन नसकेपछि सदगत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिर बिरामी अबस्थामा फेला परेका नाम थर वतन नखुलेको मधेसी मुलको व्यक्ति गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

बर्ण कलसाउदो, उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया