Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाप पखाल्न यहाँ कुल बिक्ने गर्छन्

   
196   पटक पढिएको

 

पाप पखाल्न यहाँ कुल बिक्ने गर्छन्!
सत्य नै एक्लो पारि हुल टिक्ने गर्छन्!

छट्पटीए काकाकुल पिउन लाई पानी,
पापिले पिउदा पिउदै मुल छेक्ने गर्छन्!

मुलधामि नकामेर अरु धामि अाफै कामे,
कसरी तिनिहरु मन्त्र मुल सिक्ने गर्छन्!

भमरा बाट जोगाई फुल बगैँचा मालिले,
तर न्यायका हागै भाचि फुल टिप्ने गर्छन्!

झट्ट हेर्दा लाग्छ अावरणमा सत्य नै हो,
अनि सत्य भित्र बाटै प्राण झिक्ने गर्छन्!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया