Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भन आगो झै डढ्न कति जोरिनु पर्ला

   
255   पटक पढिएको

 

# गजल#

भन आगो झै डढ्न कति जोरिनु पर्ला!
निभ्दा सलाई बनेर कति कोरिनु पर्ला!

एकै चोट कालमा कोहि नर्मन सक्छन्,
मर्नकै लागि चोट अझै कति दोरिनु पर्ला!

रित्तो पेट बोकि कहेले सम्म बाच्ला गरिब,
धनिका शत्ता पोखिन् कति भोरिनु पर्ला!

डुङ्गामा बस्ने लाई के थाहा तैरन्छ कसरि,
माझी पसिनाको छालमा कति तैरिनु पर्ला!

सायद बाकि रहेनन् कि फोड्डिन कुनै बस्तु?
ति प्रमाणु पनि अझै कति फोरिनु पर्ला!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया