Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बेल्जियममा एक नेपाली युवाद्वारा रेलको लिकमा हामफालेर आ*त्मह*त्या

   
330   पटक पढिएको

बेल्जियम । बेल्जियममा एक नेपाली युवाले आ*त्महत्या गरेका छन् ।

पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसीले बेल्जियमको आस्कोस्थित रेल लिकमा हाम फालेर आत्महत्या गरेका हुन् । उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ ।

अन्तराजातीय विवाह गरेका कारण उनी परिवारबाट बहिस्करणमा परेका थिए। यद्यपि उनको बाबुआमा, श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् ।

यद्यपि पछिल्लो समय उनी श्रीमती र छोरीसँग समेत छुटेर अलग्गै बस्दै आएका थिए। केही पछिल्लो समय आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेका थिए। उनी आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया