Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना विषाणुको विश्वभर त्रास,तान्जिनियाका राष्ट्रपतिले पनि हात हैन खुट्टा मिलाउन थाले

   
277   पटक पढिएको

 तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् ।

राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् । लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए ।

एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे । सरकारी कर्मचारीले एक अर्कालाई भेट्दा मिठो मुस्कानसहित गम्लङ्ग अँगालो हाल्ने चलन छ तर राष्ट्रपति मागुफुलीले भने यस्तो गरेनन् ।

विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया