Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बलात्कार आरोपमा पूर्वडीएसपी खिउजु पक्राउ

   
383   पटक पढिएको

काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले उनलाई पक्राउ गरिएको पुष्टि गरे । राईका अनुसार निजलाई पक्राउ गरेर ल्याएका छौं । अब विस्तृत अनुसन्धान सुरु हुन्छ ।

’ प्रहरीले पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखेको छ । प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका वेला सहयोग गर्ने वहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितको दाबी छ ।

‘चिया खाने वहानामा ढोका लगाएर एक्लोपनको फाइदा लिएर ममाथि दुर्व्यवहार गर्नुभयो’, पीडितले भनेकी छन्, ‘ममाथि अन्याय गर्नुभयो भन्दा उल्टै मार्ने धम्की दिनुभयो ।’अनलाइन खबर बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया