Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बला'त्काको र प्रयास अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

   
400   पटक पढिएको

कैलाली । एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् ।

हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले खोजी गर्दै आएपनि फेला नपरेका उनी बुधबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा आफैं उपस्थित भएका थिए । उनी प्रहरीमा उपस्थित भएसँगै नियन्त्रणमा लिएर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई जानकारी दिएका छन् ।

उनलाई जबरजस्ती करणी प्रयास मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।साभार रातो पति बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया