Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतको पलियामा एक जना नेपालीको मृ*त्यु

   
820   पटक पढिएको

भारत। भारतको पलियामा एक जना नेपालीको दुर्घटनामा ज्या'न गएको छ।

अछाम चौरपाटी गाउँपालिका वडा नं. 4 पायलका 41 वर्षीय हर्क सुनारको भारतबाट अछाममा आउने क्रममा अटोबाट खसेर ज्यान गएको पलियाबाट स्थानीय राजबहादुर कुँवरले जानकारी दिनुभयो। मुम्वईबाट पलिया पुगेपछि नेपाल आउने क्रममा अटो र बसको सहायता लिएर बसबाट सामान झार्ने क्रममा अटोबाट खसेर उनी गम्भीर घाईते भएका थिए।

निजलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्या'न गएको उनका आफन्तले जानकारी दिएका छन्। मृत्यक सुनारका दुई छोरा र दुई छोरी रहेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया