Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पाइने होइनन् जोतेर बारी कहाँबाट ल्याउछौ: सविता पोख्रेल

   
914   पटक पढिएको

 

कविता
पाइने होइनन् जोतेर बारी कहाँबाट ल्याउछौ?
सीता जस्तै सभ्य नारी कहाँबाट ल्याउछौ?
छोरी हुदा गर्भबाट फाल्नेहरुलाइ मेरो प्रश्न
बुहारी कहाँबाट ल्याउछौ???

महिनावारी हुदा छाउमा राखी
लुटिन्छ इज्जत त्यही छाउमा।
खोसिन्छ कति अस्तित्व यिनको
निअर्थक त्यो धर्मको नाउमा।।

त्यही ठाँउमा श्रीमानको निधन हुदा
श्रीमती जिबनभर बिदुवा बसेको देखे।
त्यही ठाँउमा श्रीमती बितेको ४५ दिन नबित्दै
सौता ल्याइ हनिमुन मनाएको देखे।

जहाँ दुई तिहाई महिला छन्
त्यहाँ महिलालाइ एक तिहाइ कोटा दिइन्छ।
प्रमुख पद त पुरुषले लगिसके रे!
उपप्रमुख पद महिलालाइ भिराइन्छ।

जब म आमाको नागरिकता लिएर
अफिसतिर मेरो नगरिकता बनाउन गए।
त्यहा त बुवाको नागरिकता चाहियो रे
घर आएर नेपालको संविधान 2072 पढ्ए छक्क भए।

कहिलेसम्म साइली दिदिले घुम्टो भित्र मुख लुकाउनुपर्ने
कहिलेसम्म सुन्तली दिदी देउकी प्रथामै अल्झिनुपर्ने।
अनि कहिलेसम्म मुस्लिमकी मोहिमी बुर्कामै थुनिनुपर्ने।

जब मैले बिहानै पत्रिका पढ्छु
महिला कानुन ब्यबहारीक भएन रे!
पीडित भन्छन् छोराले सबै सम्पत्ती लग्यो
छोरिले बा आमा पाली रे!

अब हरेक ठाउमा अनुराधा कोइराला र रबी लामिछानेको जन्म हुनुपर्छ।
हातमा हात राखी महिला अधिकारको उपयोग हुनुपर्छ
प्रधानमन्त्रीको कुर्सिमा महिलाले आसन ग्रहण गर्नुपर्छ।

यदि "समृद्ध नेपाल सुखी नेपाली"चाहाने हो भने
महिलालाई अवसर दिएर त हेर,
अनि हामीलाइ कमजोर ठान्ने पुरुषहरु
एकपटक महिलासङ प्रतिस्पर्धा गरेर त हेर।

म आट साहस भएकी कानुनको बिद्यार्थी
तर पनि घरी घरी एक्लो महसुस हुन्छ।
आउनुहोस सहयात्राम जुटौ
अवश्य पनि समृद्ध नेपाल हुन्छ।

अब लूटन सके लूट गीत होइन
समानतामुलक राश्त्रको गीत गाउनुपर्छ,
अनि अब महिला पुरुष मात्रै नभएर
तेस्रो लिङ्गीसमेत सहयात्रामाा जुत्नुपर्छ।

सविता पोख्रेल
कक्षा ११ कानुन संकाय
कालिका मानवज्ञान मा•बि बुटवल 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया