Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

श्रमिकहरु लाई आएन कहिले भारि दिवस

   
255   पटक पढिएको

 

# गजल#

श्रमिकहरु लाई आएन कहिले भारि दिवस!
पुजिपतिले मनाउने बन्दै गयो नारि दिवस!

खिया लाग्दैछ बर्ग संघर्षका चोटले नहान्दा,
अौचित्य छैन पुजिपतिले गरेको जारि दिवस!

एकदिन सम्झेर के हुन्छ ३६५ दिन निदाउदा,
कसरी मनाउने र ३६५ दिनलाई मारि दिवस!

जितेको अर्थायौ महा उत्पिडन हुदा हुँदै नि,
मनाउन सक्दैन क्रान्तिले अाफै हारि दिवस!

बर्ग संघर्ष भन्दा छैन उन्मुक्तिको बाटो अर्को,
नमनाउ बर्ग संर्घष लाई एक्लो पारि दिवस!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया