Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पुस्तकमा पनि कर आवश्यक छ त सरकार ? दुर्गा खनाल

   
613   पटक पढिएको

दुर्गा प्रसाद खनाल ,बुटवल ।
फाल्गुन २६ ,अर्घाखाँचीबुलेटिन -देश प्रमुख आय स्रोतको रुपमा कर अत्यन्त आवस्यक तत्व मानिन्छ तर, यो होइन कि कर उठाउने बहानामा सबै क्षेत्रमा कर लगाउनु पर्छ |

कति पय यस्ता क्षेत्र हुन्छन् जुन क्षेत्रमा सरकारले कर लगाउनु हुदैन | ‘पुरानो कोट लगाउ,नयाँ पुस्तक किन’-हेनरी डेभिड थोरो को यस भनाइ ले पनि पुस्तकको महत्व कति छ यसले दर्शाउछ | पुस्तक त अरु सँग मागेर भए पनि पढ्नुपर्छ |

विश्वमा नै आखिर किन बनाइए त पुस्तकालय ? कुनै शैक्षिकसस्था नै किन नहोस ,कुनै विश्व विदयालय नै किन नहोस आखिर हामी विद्यार्थीलाई कस्तो जनशक्तिको रुपमा उत्पादन गर्ने कार्य त्यहाँको पुस्ताकालयमा पुस्तक कति छन् र त्यहाँ विद्यार्थीलाई पुस्तक पढ्न कति प्रेरित गरिन्छ,त्यसमा भर पर्छ |

वर्तमान विश्व विज्ञान,प्रबिधि,सूचना,ज्ञान र पुँजीको साझा समिश्रण बाट छलांग मार्न तर्फ लम्की रहेको देखीन्छ | विश्व जगतमा उदयमान र विकसित राष्ट्रले सूचना,प्रबिधि र ज्ञान भित्राउन को निम्ति मरि हत्य गर्छन् | अब हामी भने समृद्ध हुने सपना देख्ने तर पनि ज्ञान र प्रविधिको स्रोत मानिएको पुस्तकमा कर लगाउने त ?

हामी अविकास तर्फ लम्किएका छौ कि ? वर्तमान विश्व वाल भत्काएर प्रविधि र ज्ञानको खोजीमा छ, हामी भने ज्ञान आर्जनमा काडेतार लगाउन खोजि रहेका छौ,आखिर किन ? ज्ञानको खानी पुस्तक लाई सिमित परिधिमा राखेर हाम्रो राष्ट्र कस्तो बन्ला ? अब आउने भविष्यमा हामी कहाँ पुग्छौ र के बन्छौ भन्ने कुरा आहिले हामी कति आध्ययन,अनुशन्धान र कति पूजी लगानी गर्छौ भन्ने कुरामा निर्भर रहन्छन |

फ्रेन्च दार्शनिक क्लाउडले भनेका छन्,“पुस्तक पढ्न बाट वन्चित गर्नु भनेको त्यस राष्ट्रका नागरिक लाई मुर्ख वा दास घोषित गर्नु हो |” राष्ट्रले पुस्तक पढ्न हरेक व्यक्ति लाई प्रेरित गर्नु पर्छ | सरकारले क्षनिक सोच्नु हुदैन | यसलाई वा उसलाई,यो वा त्यो,आग्रह वा पूर्वाग्रह को पछी लागेर कहाँ कति कस्लाइ नाफा वा घाटा हुन्छ भन्ने दुरगामी प्रभावमा परेर यस्ता निर्णय गर्नु वा गराउनु पक्कैइ पनि हुन्न |

मेरो विचारमा, सरकारले पुस्तकमा कर लगाउनु भनेको गरिब जनताका छोरा-छोरि लाई शिक्षा बाट टाढा गर्नु हो | यसमा सरकारले पुनर्विचार गर्ने छ भन्ने कुरामा म आशावादी छु |

कर लगाउने विषय अरु थुप्रै छन् ,आखिर पुस्तकमा नै लगाउनु पर्ने हो भन्ने मलाइ लाग्दैन | सरकारको यसमा पुनर्विचार होस् | -दुर्गा प्रसाद खनाल,कालिका मानवज्ञान मा.वि,बुटवल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया