Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज मैले भोकको साम्राज्य मात्र चलेको देख्छु

   
356   पटक पढिएको

 

# गजल#

आज मैले भोकको साम्राज्य मात्र चलेको देख्छु!
प्रेम र भोक मध्य प्रेेेमको साम्राज्य ढलेको देख्छु!

विश्व सान्तिको खोल भित्र बाट नै नर पिचासहरु,
मान्छे मान्छेकै खुनमा जुका भन्दा गढेको देख्छु!

पुजीवादले जीवन जगत लाई नै धरापमा पार्ने,
असिम महत्कांक्षा उस्को मनमा फलेको देख्छु!

अन्धाकार हटाउन बालेको हो अागो भन्छ उस्ले,
मैले त्यो उज्यालोले नि अधेरो नजलेको देख्छु!

कहाँ छौ अथक यात्रि युग थकाउने तिमी अाज,
क्रान्तिका योद्धा किन अलिअलि गलेको देख्छु!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया