Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सहित २ दर्जनभन्दा बढि राजमोमा प्रबेश

   
1188   पटक पढिएको

टेकराज भुसाल।
फाल्गुण २८,प्युठान- राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा सञ्चालन गरेको संगठनात्मक अभियानको अन्तिम चरणमा थप तिव्रता पाएको छ।

संगठनात्मक अभियानको शिलशिलामा फागुन २८ गते प्युठानको झिमरुक गाउँपालिका वाड नम्बर ७मा गत स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट झिमरुक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर जिसी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता गाेविन्द बहादुर जिसीकाे नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक २ दर्जनभन्दा बढि नेता, कार्यकर्ता र समर्थक राजमाे मा प्रवेस गरेका छन्।

सहि अवसरमा नारायण बहादुर जिसीको अध्यक्षतामा बोहोरागाउ टाेल समितिको गठन समेत गरिएको छ। जसको उपाध्यक्षमा हिमलाल राेका,सचिवमा गाेविन्द बहादुर जिसी, काेषाध्यक्षमा गिता जिसी र सदस्यहरू बसन्ता जिसी (क), बसन्ता जिसी (ख),सीता परियार,विष्णा केसी र सल्लाहकार देबु गिरी,राजेन्द्र जिसी र बाटुला जिसी रहनु भएको छ।

संगठनको अावश्यकता,सिद्धान्त,राजनीति बारे राजमाे संगठन अभियानका खड्क बहादुर महतारा र नारायण जिसीले प्रशिक्षण दिनु भएकाे थियोे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया