Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छानो नहुनेको ओवाउन बर्षा रुक्नु पर्छ

   
386   पटक पढिएको

 

# गजल#

छानो नहुनेको ओवाउन बर्षा रुक्नु पर्छ!
बगेको खोला बगर हुन खोलै सुक्नु पर्छ!

श्यामले बनाएछ गगन चुम्ने दरवार आज,
अाफु घरमा पस्दा पनि टाउको झुक्नु पर्छ!

कसैलाई नमारि कोहि बाच्नै सक्दैन यहाँ,
अाफ्नो अायु थप्न त मैनबत्ति फुक्नु पर्छ!

रातभरि साथ दिने त करोडौं तारा हुन्छन्,
दिनमा उनै पनि कसैका लागि लुक्नु पर्छ!

उसलाई लाग्दो हो किन भाग्छ म देखि सधै,
प्राय नजुट्ने नाता बिना चोटमा दुख्नु पर्छ!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया