Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छट्पटाई भन्थ्यो अब मेरो बाच्ने रहर सकिय‍ो

   
210   पटक पढिएको

 

# गजल#

छट्पटाई भन्थ्यो अब मेरो बाच्ने रहर सकिय‍ो!
बाकि छकि डस्दा मार्ने तिम्रो नै जहर सकियो!

सकेन रे तार्न डुङ्गा सागर बाट उस्ले अाज कतै,
डुवाएछ बिचमा फाल्ने सागरको लहर रोकियो!

कति पोख्यो उस्ले कस्ले राख्दियोस र हिसाबहरु,
बुझ्दा अाशु होईन अाखामा उस्को नहर पोखियो!

घातै घात भएछ रोकथाम नभएकै हो रे उ माथि,
त्यसैले त सदाको लागि तिम्रो सबै भर सकियो!

बनाएछ जीवन लगाएर खुसि राख्ने सानो सहर,
दुनियाले भत्काई भत्काई उसको सहर सकियो!

मुकुन्द राज रोका प्युठान

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया