Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

   
335   पटक पढिएको

एजेन्सी–अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस संक्रमण भएको छ।

एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई भाइरस संक्रमण भएको जानकारी दिएका हुन्। मन्त्री डट्टनले बिहान उठ्दा शरीर तातेको र घाँटी खराब भएको पाएपछि तत्काल क्विन्स्ल्याण्डको स्वास्थ्य विभागमा सम्पर्क गरेर कोभिड १९ परीक्षण गराएको र साँझ परीक्षण पोजिटिभ आएको जनाएका छन् भाइरस परीक्षण पोजिटिभ आएकाहरुले अस्पताल बस्नुपर्ने क्विन्सल्याण्ड स्वास्थ्य विभागको नीति भएकाले आफूले त्यसैअनुसार गरेको पनि उनले जनाएका छन्।

उनले आफूले सहज नै महसुस गरेको र स्वास्थ्यको अपडेट गराइरहने पनि जनाएका छन्। उनी हालै अमेरिका भ्रमण गरेर फर्किएका थिए। अ

स्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ भने प्रधानमन्त्री स्कट मोरिसनले संक्रमण फैलन नदिन ५ सयभन्दा बढी संख्यामा मानिसहरु भेला हुन नदिने जनाएका छन्। यस्तै अनावश्यक रुपमा विदेश भ्रमण नगर्न पनि सुझाव दिइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया